‘झुम्कावाली’पछि प्रमोदको नयाँ गीत ‘चल वतास चल’

साउन २३, २०७३

‘झुम्कावाली’को सफलतापछि गायक प्रमोद खरेलले ‘चल वतास चल’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । ‘झुम्कावाली’मा प्रियंका कार्कीलाई अभिनय गराएका उनले यो गीतमा मोडल नम्रता सापकोटालाई नचाएका छन् ।

शितल कदम्बिनी गुरुङको शब्द रहेको गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत र एरेन्ज रहेको छ ।
दिपक आचार्यले निर्देशन गरेको गीतको भिडियोमा प्रमोद स्वयम्ले पनि अभिनय गरेका छन् । निर्मल लामा र भिमफेदी गाइजले कोरियोग्राफी गरेको गीतमा गाईजका सदस्यहरुले आफै नृत्य गरेका छन् । अर्जुन तिवारीले खिचेको गीतको भिडियो सम्पादन निशान घिमिरेले गरेका हुन् ।13933296_10208579088693556_1117392495_n

‘यो डान्सिङ नम्बर हो । गीतका लागि संगीतकार र मैले निकै मिहनेत गरेका छौं,’ प्रमोदले भने, ‘ मेरा स्याड र स्लो सङहरु त महिनामा २०–३० वटा रिलिज हुन्छन् । स्टेजका लागि फाष्ट नम्बर पनि आवश्यक पर्नाले ९ महिनापछि फेरी यो गीत लिएर आएको हुँ ।’


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको