विवाहित जोडीबिचको उमेर अन्तरले बताउँछ विवाह कति समयसम्म चल्नेछ

साउन २३, २०७३

एजेन्सी : धेरैजसो मानिसको जीवनमा विवाहको मौका पक्कै आउँछ । तर के तपाईंलाई विवाह गर्ने जोडी बिच कतिको उमेर अन्तर हुनुपर्छ भन्ने थाहा छ ? किनभने हामीले धेरैपटक ५० वर्षे दुलाहाको २२ वर्षीया दुलही देखेका छौं । यस्तो अवस्थामा यो थाहा पाउन महत्वपूर्ण छ कि विवाह गर्ने जोडीको उमेर अन्तर कति हुनुपर्छ र यसले सम्बन्धमा कस्तो असर पार्दछ ।

marriageविवाहका लागि दुई युवा युवती तयार छन् र उनीहरुले एक अर्कालाई माया गर्छन् र सँगै बाँच्न सक्छन् भन्ने लागेमा उमेर अन्तरले खासै फरक नपार्नेजस्तो सुरुवाती अवस्थामा देखिन्छ । तर विवाहभन्दा पहिलेको र विवाह पछिको जीवनमा निकै ठूलो अन्तर हुन्छ । यसमा उमेर अन्तरले असर पारेकै हुन्छ ।

एट्लान्टास्थित इमोरी विश्वविद्यालयका एन्ड्र्यु फ्रान्सेस र ह्यूगो मिआलोनद्वारा गरिएको अनुसन्धानमा यस बारे जानकारी सार्वजनिक भएको छ । यस अनुसन्धानमा ३ हजार जोडीले भाग लिएका थिए ।

अनुसन्धानका अनुसार विवाहित जोडीबिच उमेरको जति धेरै अन्तर हुन्छ, विवाह टुट्ने सम्भावना पनि त्यति नै हुन्छ । यस अनुसन्धानलाई मान्ने हो भने विवाहित जोडीबिच उमेरको अन्तर ५ वर्षसम्म छ भने यस्तो विवाह टुट्ने सम्भावना १८ प्रतिशतले बृद्धि हुन्छ ।

यस्तै गरी यदि विवाहित जोडीको उमेरमा १० वर्षले अन्तर छ भने यस्तो विवाह टुट्ने सम्भावना ३९ प्रतिशत हुन्छ र यदि यो अन्तर २० वर्षको छ भने ९५ प्रतिशत विवाह टुट्छन् ।

शोधकर्ताका अनुसार यदि विवाह गर्ने जोडीको उमेर अन्तर एक वर्ष वा कम भए, त्यस्तो विवाह टुट्ने सम्भावना ३ प्रतिशत मात्र हुनेछ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको