सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा फिजिकल नाटक ‘वीच’ माघ १९ गतेदेखी मञ्चन भर्इरहेको छ । अमेरिकी रङ्गकर्मी पिटर सेफर्थको निर्देशनमा बनेको यस नाटक बोक्सीको वरिपरि रहेर समाजका विभिन्न विषयवस्तुलार्इ शारिरीक रङ्गमञ्चबाट बोलिचालीको भाषाविना प्रस्तुत गरिएको छ ।
निर्देशक पिटर अमेरिकी रङ्गकर्मी हुन् । नेपाली रंगमञ्चका लागि उनि विल्कुलै नयाँ पनि हुन । यो नाटक उनको शारीरीक रञ्गमञ्चको खोज अनुसन्धानको प्रतिफल हो । जेस ब्रिन्ट र आर के मेहत रोषनको सहनिर्देशनमा बनेको यस नाटकमा आर के मेहत रोषन, सम्राट थापा, रोषनी स्याङ्गबो र मनि के राई लगायतको अभिनय रहेको छ ।
नाटकमा रहेकी एक नारी पात्रको श्रीमान अचानक मृत्यु भएपछि उनले भोग्नुपरेको पिडा, उनलाई समाजले गर्ने व्यवहार र हेर्ने दृष्टिकोणलाई नाटकमा देखाइएको छ । नाटकको अन्त्यमा देखिएको समस्याको समाधान गर्ने जिम्मा दर्शकहरुलार्इ नै छोडिएको आर के मेहत रोषन बताउँछन् ।
डाँफे थिएटर र फर्मेशन थिएटरको सँयुक्त पहलमा निर्मित यस नाटकमा नेपालकै ग्रामीण भेगमा भेटिने बोक्सी जस्तो कुप्रथालाई देखाउन खोजिएको छ । करिब १ घण्टा लामो यस नाटकमा नारी संवेदनाको विषयलाई बडो मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।
२७ गते सम्म चल्ने यो नाटक बिहीबार बाहेक अन्य समयमा एकै समय तथा सनिबार १ बजे र ५ बजे प्रस्तुत गरीने बताइएको छ ।
अन्य नाटक भन्दा विल्कुलै फरक ढंगको प्रस्तुती रहेको यस नाटकको प्रस्तुती एवम् निर्देशकीय पक्ष तारिफ गर्न लायक छ । यस नाटकमा नारीको संवेदना र मातृत्वमोहको पक्षलाई समेत निर्देशक पिटर सेफथले मार्मिक ढंगले प्रस्तुत गरेका छन् ।
नाटकमा प्रकाश व्यवस्थापनको जिम्मेवारी जिवन जङ्ग थापाले सम्हालेका छन् ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका