सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
बालबालिकादेखि, किशोर किशोरी, युवा युवती तथा बिबाहित महिलाहरुबिच विभिन्न प्रतिभामुलक तथा सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको एएनपी मिडिया हाउसले टिचर आईकन अफ द इयरको टैलेन्ट शो सम्पन्न गरेको छ ।
स्कूल तथा कलेजमा अध्यापन गराउने टिचरहरुका लागि आयोजित यस प्रतियोगिताको ग्राण्ड फिनाले आगामी चैत्र ५ गते सोमवार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने उत्कृष्ट ट्यालेण्ट उपाधिका लागि ट्यालेन्ट राउण्ड गरिएको हो।
राजधानीको ग्रीन क्याफेमा सम्पन्न ट्यालेण्ट राउण्डमा प्रतियोगिताका प्रतियोगीहरुले नृत्य, गायन, वक्रत्वकला, नाटक र चित्रकला प्रस्तुत गरेर निर्णायक तथा अभिभावकहरुको मन जित्ने कोशिष गरेका थिए। उक्त ट्यालेण्ट राउण्डमा गायक श्रीकृष्ण लुईटेल (बोकेदाह्री) कलाकार ज्योति काफ्ले (नक्कली बाबुराम), आदित्य बुढाथोकी, गायिका रिता के.सी., मोडल नितु कोइराला, शिल्पी गुप्ता, गायक सीमान्त सन्तोष रहेका थिए ।
एएनपी मिडिया हाउसका अध्यक्ष लब कार्कीका अनुसार ट्यालेण्ट उपाधिको विजेताको घोषणा भने अन्तिम प्रतिस्पर्धाकै दिन हुनेछ।
टिचर आइकन अफ द इयर २०१८ को अन्तिम प्रतिस्पर्धाका लागि काजोल खेतान, सुबीता कपाली, प्रेरणा अधिकारी, रेश्मी तण्डुकार, लक्ष्मीदेवी महर्जन, समीका सहानी, बिनीता कपाली, रुपा लामा, सुमीत्रा श्रेष्ठ, होलिना सापकोटा, सनिका श्रेष्ठ, सुशिला मानन्धर, सपना खतिवडा, श्रृजना श्रेष्ठ गरि १४ जनाले प्रतिस्पर्धा गर्दैछन् । शम्भु बहादुर घिमिरेको संयोजन रहेको प्रतियोगिताको कोरियोग्राफी आश्विनी झाले गरिरहेका छन । प्रतियोगिताको काष्ठमण्डप टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका