कविता : जिन्दगी

साउन २४, २०७३

आज जिन्दगी एउटा यस्तो मोडमा अड्डिएको छ

जहाँ लाखौं सपनाहरू छ्न !

देखिने कुनै आधार छैन ।

न त स्पष्ट पुरा गर्न सक्ने आधार नै छ

न त चाहेर पछाडी नै फर्कन सकिन्छ ।

न त अगाडि नै जान ।

 

 

समय त छ !

तर बस आज

कुनै मुल्य नभएको बस्तु जस्तै

मुल्यहिन भएर मेरा अगाडि निरीह

ठिङ्ग उभिए को छ ।

मन उडिरहेको छ गन्तव्य भुलेको पन्क्षी झै

रुमल्लिएको छ ।

 

 


शरीर त छ उहीँ

तर आज

केवल कसैले बनाएर उभ्याइदिएको सालिक जस्तो

आफनै गति भएर पनि नभए जस्तो ।

अरु कसैको साहारामा चल्नुपर्छ ।

सन्त्रासहरुले जल्नु पर्छ

चाहाना हजारौं जन्मन्छ

तत्कालै मर्न पुग्छन्

भित्रभित्रै डडेलो सल्केको बन झै

एक तमासामा जलिरहेको छ मुटु

सबै सबै अङ्गहरु प्रायः सिथिल जस्तै छ्न ।

 

 

पिडा र छ्ट्पटिले भरिएका केही थान सब्द छ्न

तर

व्यक्त गर्ने न कुनै ठाउ छ

यो दुनियाँ आफ्नै रफतारमा छ

मन्छेहरु पनि छ्न छ्न त

तर म देख्दिन यी सारा

सुन्ने सक्ने कुनै विस्वासीलो पात्र

आज उभिएको छ जिन्दगी

कुनै संयोगले सृजित नदिको बीचमा ठडिएको ढुङ्गा

जस्तै ।

 

 


कहिले छालहरुले छोप्छ

कहिले छोडछ

आकाल झुकल देखुए झै

आज सोही सतहमा छ जिन्दगी ।।।

 

  • चिरञ्जीवी काफ्ले !13692623_1020088128106609_5650709179133682284_n


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको