शिल्पीमा चेखवको नाटक ‘तीन बहिनी’

४ वर्ष अगाडि

शिल्पी थिएटर बत्तीसपुतलीमा नाटक ‘तीन बहिनी’ मन्चन भईरहेको छ । एन्टोन चेखोवको प्रसिद्ध नाटक ‘थ्री सिस्टर्स’को नेपाली रुपान्तरण ‘तीन बहिनी’ बैशाख २१ गते देखि नियमित मन्चन भईरहेको छ ।

tin-baini

यस नाटकलाई मेघराज अधिकारीले नेपाली अनुवाद गरेका हुन् भने घनश्याम श्रेष्ठको परिकल्पना तथा निर्देशन रहेको छ । बैशाख २१ गते देखि मन्चन भईरहेको ‘तीन बहिनी’ जेठ १२ गतेसम्म हरेक साँझ साढे पाँच बजे र शनिबार १ बजे अतिरिक्त शो हुनेछ । मंगलबार भने नाटक मन्चन हुने छैन ।

P5056363

‘तीन बहिनी’ले पारीवारिक सम्बन्धको कुरालाई मुख्य विषय बनाएको छ । यस नाटकमा शुष्मा कोईराला, सुनिशा बजगाईँ, शान्ती गिरी, श्याम खड्का, एना देउजा, जीवन बराल, घिमिरे युवराज, सुरेश जिसी, सुलभ पाण्डे, अमुल श्रेष्ठ, अष्मिता खनाल, श्री ओम श्रेष्ठ रोदनको मुख्य भूमिका छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट