सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
नाटक ‘द अग्ली डकलिङ’ (कुरुप हाँस) वैशाख २८ गते शुक्रवारबाट मञ्चन सुरु भएको छ । अभिनेता नाजिर हुसेनको निर्देशन र अभिनय रहेको नाटक अनामनगरस्थित मण्डला नाटक घरमा नाटक मञ्चन भईरहेको छ ।
नाजिर सांगितिक नाटकको रूपमा यसलाई परिभाषित गर्छन् । डेनमार्कका लेखक ह्यान्स क्रिश्चियन यान्डरसनको ‘अग्ली डकलिङ’ कथामा आधारित नाटकको परिकल्पना नाजिरले गरेका हुन् ।
‘कुरुप हाँस’ भनिएको नाटकमा सेता हाँसहरुसँगै जन्मने कालो हाँसलाई आमा हाँसले गर्ने अपहेलना र विभेद देखाइन्छ। नाजिरले नाटकको परिकल्पना बारे भने,’कथामा जनावरलाई देखाइए पनि हाम्रो समाजको मान्छेमै रुप र रङ्लाई लिएर हुने विभेदले मलाई छोयो र यो नाटक गर्न मन लाग्यो।’
नाटकको वैशाख २८ गतेबाट मञ्चन शुरु भईरहेको छ । सांगीतिक नाटकमा कलाकारहरु नाजिर हुसेन, मिलन कार्की, बिनिता गुरुङ, किरण श्रेष्ठ, विक्रम श्रेष्ठ, विजया कार्कीको अभिनय रहेको छ। नाटक जेठ २० गतेसम्म मञ्चन हुनेछ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका