रेश्माको चलचित्र ‘चङ्गा’को ट्रेलर रिलिज (भिडियोसहित)

४ वर्ष अगाडि

‘डिट्ठासाव’ सिरियलकी कलाकार रेश्मा तिमल्सिनाले निर्माण गरेको चलचित्र ‘चङ्गा’को ट्रेलर रिलिज भएको छ । चलचित्रको केहि दिन पहिले रिलिज ‘कम्पनि माला’ बोलको गीतले लोकप्रियता बढाउँदै जाँदा निर्माण टिमले ट्रेलर रिलिज गरेको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरमा कमेडी प्लटलाई प्राथमिकता दिइएको छ ।

kishor-bhandari-dittha-saap

बुद्धि तामाङ, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा र लक्की भण्डारीको अभिनय यस फिल्ममा देख्न सकिन्छ । निर्देशक भण्डारीकै कथा समावेश गरिएको फिल्मको कार्यकारी निर्माता प्रकु पाण्डे हुन ।

changa-film-team-filmynepal

राजनराज शिवाकोटी र कमल खत्रीको संगीत रहेको चलचित्रलाई रविन आचार्यले खिचेका हुन् । कविराज गहतराजको कोरियोग्राफी छ । चलचित्र आगामी जेठ २५ गते प्रदर्शन हुने भएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट