सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
नेपाल चिकित्सक संघले आमरण अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्य सेवासम्बन्धी माग तत्काल सम्बोधन नगरे देशभरका स्वास्थ्य सेवा बन्द गराउने चेतावनी दिएको छ ।
संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले वरिष्ठ चिकित्सक केसीको माग तत्काल सम्बोधन नभए इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गराउन आफूहरु बाध्य हुने चेतावनी दिएका हुन् । उनले वरिष्ठ चिकित्सक केसीको स्वास्थ्यबाहेकका अन्य मागसँग भने संघलाई कुनै सरोकार नरहेको पनि स्पष्ट पारे ।
अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई भेटेर आफूले समस्या समाधानका लागि उच्च स्तरीय समिति तत्काल बनाउन माग गरिएको पनि जानकारी दिए ।
संघले वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न सरकारलाई दवाव दिन विगत ३ दिनयता हातमा कालो पट्ठी बाँधेर विरोध प्रर्दशन गर्दै आएको छ । अध्यक्ष श्रेष्ठले वरिष्ठ चिकित्सक केसीको मागलाई राजनीतिक आवरणबाट हेर्न नहुने पनि स्पष्ट पारे ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका