जिन्दगीको परिभाषा : प्रकाश सापकोटा

४ वर्ष अगाडि

जिन्दगीमा सबै कुरा सामान्य ढङ्गले नियमित चल्दै जादा जिन्दगी ठिकै जस्तो लाग्छ ! तर कहिले काहीँ भोगाइ सोचे भन्दा फरक  भइदिदा समस्यै समस्या जटिलता नै जटिलताले घेर्न थाल्दो रहेछ । तेति बेला जिन्दगी देखि नै आक्रोश उत्पन्न हुदो रहेछ । जिन्दगी ज्यादै कठिन र ननिको लाग्दो रहेछ! नमिठो लाग्दो रहेछ ! सामान्य रुपमा जीवन यापन गरिरहदा धेरै बाधा ब्यबधान उत्पन्न हुन्छ्न, तिनलाइ पन्छाउन सके मात्र जिन्दगी केही स्वादिलो बन्न पुग्छ । सामान्य रुपमा आफ्नो जीवन निर्बाह गरिरहेका धेरै छन यहि धर्तिमा, बिलासिताको जीवन बिताइरहेका पनि यहि धर्तिमा छन ।फेरि यहि धर्ती हो जहाँ त्यही जीवन गुजारा गर्न हरेक दिन नुनिलो आँसु पिइरहेका छन, मुटु जलाइरहेका छन, यक मुठी प्राणलाइ अन्त्य सम्म निरन्तरता दिन हरेक दिन दौडिरहेका छन…फरक यत्ती हो कोहि सरल ढ्ङ्गबाट दौडिरयका छन भने कोहि असहज ढ्ङ्गबाट दौडिरहेका छन ।कोइ मनग्य धनसम्पती भयर पनि खुसी हुन सकेका छैन भने कोहि आफ्नो जीवन गुजरा गर्दैमा खुसी खोज्न भ्यायका छैनन।

कोहि परिवार हरु नजिक बस्न मन हुदा हुदै  पनि मन बाझियर घर बाट टाडा बसेका छन यक्लो अनुभव गरिरहेका छन, तर यहाँ यक न यक कुरा बाट सबै बिचल्लित छन…स्वामी जि भन्दै हुनुहुन्थ्यो रे त्यो मान्छे सब कुरा बाट आनन्द भइ बसेको थियो जो आर्यघाट्मा जल्दै थियो।

हाम्रा अगाडि सधै खुसि हुने हाम्रा बा-आमा पनि धेरै दुखी हुदा रहेछन फाटेको चप्पलले चारकुना बाट जिस्काइरहदा हामिले बा अब त्यो चप्पल च्यातियो अर्को लगाउनुस भन्दा… तैले के भनेको  तं   जन्मियको साल तेरि आमालाइ खोप लागाउन जादा किनेको च्प्पल अझै ६ महिना जान्छ भन्नुहुन्छ.! अनि मन भुत्त फुलेर आउँछ अनि बल्ल याद आउँछ खुसी पैसा मा रहेनछ ।यो भन्दै गर्दा तेहि पैसा बेलैमा तिर्न नसक्दा मेरो दौतरी  हितैसी साथी स्कुल को जाच बाट बन्चित भयको कुरा झलझली याद आउँछ… अनि मन दोधारमा हुन्छ , त्यसैले त धन सम्मप्ती सबै थोक हैन पनि, हो पनि ।त्यसैले त मान्छेहरु जिन्दगिलाइ भोगाइ अनुसार परिभासित गर्दा रहेछन।जसको जीवन सुखमय बितिरहेको छ उसलाइ अरुको जीवन पनि तेस्तै सुखमय छ जस्तो लाग्छ, जसको जीवन दुखै दुखमा बितिरहेको छ उसलाइ लाग्छ यो धर्ती मा दुख पाउने भनेको म मात्र हु। मेरो भाग्यमा खुसि भन्ने कुरा लेखियकै छैन! तर बास्तबमा यहाँ सुख भोग्ने हरु पनि धेरै छन, अनि दुख र पिडामा छट्पटायर बाच्ने हरु पनि धेरै छन । जब बत्तिमा पुतलिहरु खरानी भको देख्छु लाग्छ जिन्दगी खुसी खोज्दा खोज्दै अन्त्य हुनेरहेछ..! त्यसकारण यो कहिले नभुलौ कि हरेक कुरामा कोहि पनि सम्पन्न छैनन खुसि हामी भित्रै छ त्यो भनेको हाम्रो आफ्नै  मनको सन्तुस्टी हो।

                प्रकाश सापकोटा( जय स्वाबिमान)

सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट