गजल : नारायण काईलो

४ वर्ष अगाडि

खै कस्ता कस्ता हुन् शहरका मान्छे
कैले लाग्छ हुन् क्यारे पत्थरका मान्छे

बालिका लुट्नेले यहाँ आश्रय पायो
फूल छुनेका बिरुद्ध छन् भए भरका मान्छे

कैले मुटु निचोर्छन कैले कलेजो काट्छन्
आफ्नाहरु नै रहेछन् खन्जरका मान्छे

बिजुली चम्किदा पनि छोराले सोध्छ
हामी जस्तै हुन्छन् बा सगरका मान्छे ?

मैले जानेकै यहि गजल लेख्न त हो
लेख्न छोडिदे भन्छन् घरका मान्छे

नारायण काईलो

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट