दक्ष बन्ने काइदा

साउन २४, २०७३

आफै सक्रिय हुने
रोजगारीका लागि आवेदन लेखन, व्यक्तिगत विवरण लेखन तथा परीक्षासम्बन्धी विभिन्न प्रक्रियामा आफै सहभागी हुनुपर्छ । रोजगारी खोज्ने क्रममा अरूलाई जिम्मेवारी दिँदा वा आरोप लगाउँदा आफै पछि पर्ने सम्भावना हुन्छ । वर्तमान अवस्थामा रोजगारीको खोजी गर्दा जतिसुकै कठिन भए पनि त्यसलाई सकारात्मक रूपमा लिएर अगाडि बढ्नुपर्छ । त्यसका लागि जतिसक्दो बढी जिम्मेवारी आफै वहन गर्नुपर्छ ।

20150924114235_successशीप सिक्ने बानी
नयाँ मानिस भेट्ने वा नयाँ शीप सिक्ने बानीको विकास गर्नुपर्छ । यसले गर्दा अवसरका नयाँनयाँ ढोका खुल्दै जान्छन् । राम्रो अवसर नपाएसम्म रोजगारीलाई नै प्रमुख लक्ष्य बनाएर अघि बढ्नु राम्रो हुन्छ । त्यस्तै पारिवारिक सम्बन्ध राम्रो बनाउने, नियमित व्यायाम गर्ने तथा स्वास्थ्यवद्र्धक खानेकुरा खानुपर्छ । कुनै पनि कम्पनीमा काम गर्न तयार हुनका लागि त्यो कम्पनीका बारेमा अध्ययन गर्नु नितान्त आवश्यक छ । कम्पनीका बारेमा बुझिसकेपछि  मात्र आवेदन दिनुपर्छ ।

सकारात्मक सोचको विकास गर्ने
रोजगारीका लागि आवेदन दिएको सबै स्थानमा सकारात्मक जवाफ आउँदैन । कतिपय स्थानमा रोजगारदाताले सहजै आवेदन अस्वीकार गरिदिन सक्छन् । त्यसलाई सहज रूपमा लिएर मानसिक तनावमा पर्नुहँुदैन । एकपटक कुनै कम्पनीले अस्वीकार गर्दैमा सधैंका लागि अस्वीकार्य हँुदैन । अर्कोपटक उक्त कम्पनीमा रोजागारी सृजना भएमा पनि आवेदन दिनुपर्छ । एकपटक आवेदन दिएको कम्पनीमा निरन्तर सम्पर्कमा रहँदा राम्रो हुन्छ । नतीजा नकारात्मक नै भए पनि यसबाट नयाँ विषयबारे जानकारी राख्न पाइयो भन्ने मान्यताअनुरूप अगाडि बढ्नुपर्छ ।

वैकल्पिक पदमा पनि तयार रहने
रोजगारीका लागि विभिन्न पदमा आवेदन मागिएको हुन्छ । आफूले जुनसुकै पदका लागि आवेदन गरिएको भए पनि त्यसको वैकल्पिक पदका लागि पनि आफू तयारी अवस्थामा रहनुपर्छ । वैकल्पिक पदमा पनि आवेदन दिन सकिन्छ । वाणिज्यशास्त्रमा लेखा विषय लिएर अध्ययन गर्दैमा बैङ्कमा वा लेखापाल भएर रोजगारी गर्नुपर्छ भन्ने छैन । फरक क्षेत्रमा पनि रोजगारीका लागि प्रशस्त सम्भावना उपलब्ध छन् । म जुनसुकै पदका लागि पनि योग्य छु भन्ने आत्मविश्वासका साथ आफूलाई सधैं तयारी अवस्थामा राख्नुपर्छ । एउटा राम्रो रोजगारीमा स्थापित नभएसम्म विकल्पहरूको खोजी गरिरहनुपर्छ ।

स्पष्टवक्ता हुने
रोजगारदाताले विभिन्न समयमा आफ्ना कर्मचारी कत्तिको आत्मविश्वासी छन् भनेर परीक्षण गर्न सक्छन् । यस्तो अवस्थामा प्रभावकारी जवाफ नदिन पनि सकिन्छ । यसबाट निराश भइहाल्नुपर्दैन । कतिपय ठूला कम्पनीले आवेदकहरूमध्ये नै अन्य वैकल्पिक पदका लागि कर्मचारी उपयुक्त छ÷छैन भन्ने जानकारीका लागि अन्य प्रश्न सोध्न सक्छन् । त्यस्ता कम्पनीहरूमा विभिन्न पदमा कर्मचारी आवश्यक परिरहेको हुन्छ । त्यसैले, केही गरौं भन्ने भावनाबाट नै रोजगारीको खोजीमा रहेको विश्वास दिलाउन सक्नुपर्छ । आफ्नो उद्देश्य स्पष्ट रूपमा व्याख्या गर्नुपर्छ ।

अनुभव साटासाट गर्ने
अनुभवले नै नयाँ रोजगारी पाउन धेरै सहयोग पुर्‍याउँछ । त्यसैले, नयाँ रोजगारीको खोजी गर्दा पुरानो अनुभवसम्बन्धी जानकारी दिँदै नयाँ सम्भावनाबारे शुभचिन्तकहरूसँग परामर्श गर्नुपर्छ । आफू सक्षम छु भन्ने अहम् भावनाबाट सधैं मुक्त हुनुपर्छ । शुभचिन्तकहरूले कामको प्रकृतिअनुसार विभिन्न प्रकारका सझाव तथा सल्लाह दिन सक्छन् । यसले महŒवपूर्ण उपलब्धि हासिल गर्न सजिलो हुन्छ । त्यसैले, परामर्श वा अनुभव साटासाटमा पनि ध्यान दिनुपर्छ ।

परिवर्तनप्रति सजग रहने
केही वर्षअगाडि र अहिलेको समयअनुसार विभिन्न प्रविधिमा परिवर्तन भइसकेको हुन्छ । त्यसैले, आफूले आवेदन दिँदा त्यस्ता परिवर्तनप्रति सजग रहेर विविध प्रविधिलाई आत्मसात् गर्नुपर्छ । आधुनिक बजारमा सक्षम हुने गरी आफूलाई परिष्कृत गर्दै लैजानुपर्छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको