साउदीको जेलमा दोलखाका सरोज पोखरेल (भिडियो सहित)

अमोश सेन्चुरी ४ वर्ष अगाडि

तीजको गीतहरूले बजार तातिरहेको बेला गायक कमल पोखरेलले भने मार्मिक लोकदोहोरी गीत “साउदीको जेल” बोलको गीत बजारमा ल्याएका छन् । उक्त गीतमा कमल पोखरेलको शव्द तथा संगीत रहेको रहेको छ भने गायिका शान्ति श्री परियार र कमल पोखरेलको स्वर रहेको छ ।


यसै गीतको म्युजिक भिडियोमा देख्न सकिन्छ दोलखाका नव कलाकार सरोज पोखरेललाइ । उनि यस गीतको म्युजिक भिडियोमा साउदीको जेलमा रहेको अभिनय गरेका छन् । पोखरेलको यो पहिलो म्युजिक भिडियो हो ।

म्युजिक भिडियोमा भने सरोज पोखरेल, आशा खड्का र अन्य कलाकारहरूले अभिनय गरेका छन् । राजु क्षेत्री र डि.वि. कार्कि व्यञ्जनले निर्देशन गरेको उक्त म्युजिक भिडियोलाइ बासु बरालले छायांकन गरेका हुन् । धिताल फिल्मस् प्रा.लि.ले निर्माण गरेको भिडियोलाइ रोशन धितालले सम्पादन गरेका हुन् ।

भिडियो :


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट