पोलेको जिब्रो कम गराउने घरेलु उपाय

साउन २४, २०७३

कहिलेकाहीँ आफ्नो गल्तीले चिया, कफी पिउँदा या तातो खाँदा जिब्रो पोल्ने गर्दछ । जसका कारण अन्य परिकार खाँदा पनि अफ्ठ्यारो हुन्छ । खानेकुराको स्वाद पनि थाहा पाउन मुस्किल हुन्छ । यसरी जिब्रो जलेको समयमा केही घरेलु उपाय अपनाउँदा शान्त बनाउन सकिन्छ ।

tongue-750बेकिङ सोडा

 

बेकिङ सोडा छारीय प्रकृतिको हुने हुँदा जलेको बेला हुने एसिडिटीलाई कम गछृ । त्यसकारण जिब्रो जलनासाथ बेकिङ सोडापानीले मुख कुल्ला गर्नु राम्रो हुुन्छ ।

आइस क्युब

 

यदि जिब्रो पोल्यो भने मुखमा आइस क्युब लगाएर केही बेर चुस्ने । तर, आइस क्युब लगाउनुपहिले त्यसलाई झोल बनाउनु पर्नेछ । जमेकै अवस्थामा भए त्यसले जिब्रोको बाहिरी भागलाई असर पुर्याउन पनि सक्छ ।

चुइगम

 

पेपरमेनट चुइगम खाँदा पनि पोलेको जिब्रोलाई चिसो बनाउन मद्दत गर्छ । यसले मुखमा थुक बनाउने काम गर्छ । मुखमा थुक बन्ने क्रम निरनतर रहँदा पोल्न कम हुन थाल्छ ।

 

दही

जिब्रो पोलेमा एक चम्चा दही मुखमा केही समय राख्ने । यसले चिसो प्रादन गर्नुका साथै आराम पनि दिन्छ । यसका साथै एक गिलास चिसो दुध पनि पिउन सकिन्छ ।

 

मह

एक चम्चा मह जिब्रोमा राख्ने । मह एक प्रकारको पकृतिक औषधि हो । यसले पोलेको जिब्रोमा दुखाई कम गर्न मद्दत गर्छ ।

 

एलोभेरा

जेल एलोभेरा यस्तो जडिबुटि हो, जसले जुनसुकै जलेको ठाउँमा पनि पीडा कम गराउन राम्रो हुन्छ । जिब्रोमा यसलाई आइस क्युबसँग मिलाएर लगाउँदा पनि राम्रो हुन्छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको