संसारभरीका यस्ता तस्बिरहरु जसलाइ फेसबुकले डिलिट गरिदियो

साउन २४, २०७३

एजेन्सी : फेसबुकमा दैनिक ३० करोड मानिसहरुले फोटो अपलोड गर्ने गर्दछन् । तीमध्ये धेरैजसो फोटोहरु व्यक्तिगत हुन्छन् भने कुनै रमाइला त कुनै अविष्मरणीय । तर त्यस्ता थुप्रै फोटोमध्ये यस्ता फोटोहरु पनि छन् जसलाई फेसबुकले विभिन्न कारण देखाएर डिलिट गरिदिएको छ ।

susasan-samiteeयो फोटोमा एउटी महिला बाथटबमा नुहाइरहेकी छिन् । फोटोमा महिलाको कुहिना देखिएको छ । यो फोटो फेसबुकमा राखेको २४ घण्टाभित्र डिलिट गरियो । यद्यपी, पछि फेसबुकले आफ्नो एक स्टेटमेन्टमार्फत आफूले गल्ती गरेको बताएको छ ।
1facebook-post-removed-2_1टेनिसीमा बस्ने एक महिलाले आफ्नो छोराको यो फोटो (इनसेट) लाई फेसबुकमा अपलोड गरिन् । उनको छोरा दिमाग र खप्पर बिना नै जन्मिएको थियो जसलाई न्यूरल बर्थ डिफेक्ट एनेन्सेफली भनिन्छ । तर, फेसबुकले यो फोटोलाई डिलिट गरिदिएको छ । पछि यी महिलाले पुनः यहि फोटो अपलोड गर्दा फेसबुकले फोटोलाई डिलिट मात्र गरेन, ती महिलाको अकाउन्टलाइ केही दिनको लागि डिसेबलसमेत गरिदियो । फेसबुकले यो फोटोलाई कुन क्याटेगोरिमा डिलिट गर्यो, त्योसमेत बताएन ।
2facebook-post-removed-3_1अमेरिकाकी एक महिलाले आफ्नो डाउन सिन्ड्रोम रोगबाट पीडित छोरोको तस्बिर फेसबुकमा सेयर गरिन् तर फेसबुकले यसलाई पनि डिलिट गरिदिएको छ । फेसबुक मनिटरिङ ग्रुपले यसलाई युजर एग्रिमेन्ट विरद्ध भएको बताएको छ ।
3facebook-post-removed-4_1फेसबुकले यो फोटोलाई सेन्सिटिभ बताउँदै डिलिट गरिदिएको छ । यद्यपी, फेसबुकले यो गल्तीपूर्वक हटेको बताउँदै यसलाई पुनः पब्लिस गरेको थियो ।

4facebook-post-removed-5_1आफ्नो बच्चालाई दुध चुसाइरहेकी यी महिलाको फोटो पनि फेसबुकले डिलिट गरिदिएको छ । यो फोटोले फेसबुकको अधिकार र जिम्मेवारीको उल्लंघन गरेको बताएको छ ।
5facebook-post-removed-6_1फेसबुकको नियम उल्लंघन गरेको बताउँदै यो फोटोलाई पनि डिलिट गरिदिएको छ ।
6facebook-post-removed-7_1बच्चाहरुले पिसाब फेरिरहेको यो तस्बिर पनि फेसबुकले डिलिट गरिदिएको थियो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको