साडी पसल मन पराउने विचित्रको साँढे

साउन २४, २०७३

एजेन्सी : सुन्दर वस्त्र लगाएका महिलाहरुप्रति पुरुषहरुको आकर्षण हुनु सामान्य कुरा हो । तर महिला सुन्दरताका लागि केवल मान्छे पुरुष मात्र होइन पशु पनि मरिहत्ते गर्दोरहेछ । भारतमा एउटा साँढे महिलाका साडी भनेपछि हुरुक्कै हुने गरेको छ ।

oxभारतको बनासरस्थित गोदौलिया बजारमा रहेको एक साडी पसलमा हरेक साँझ एउटा साँढे आएर बस्दछ । साडी दुकानमा छिरेर उक्त साँढेले कसैलाई केही गर्दैन, मज्जाले हावा खान्छ अनि सायद साडी किन्न आउने महिलाहरुलाई पनि हेर्दछ होला ।

हिन्दु धर्मको हबको रुपमा रहेको बनारसमा साँढेलाई शिवको वाहनको रुपमा पुजा  गरिन्छ र सम्मान पनि दिइन्छ । बनारसको सडकमा सयौँ छाडा साँढे रहेका छन् । ती छाडा साँढेको हेरचाह नगरपालिकाले गर्ने गर्दछ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको