अनौठो चलन, जहाँ बिहेअघि केटाको रामधुलाई गरिन्छ

साउन २४, २०७३

एजेन्सी : विवाहका अनेक प्रकारका परम्पराको बारेमा सुन्नुभएकै छ । यहीँ मेलोमा दक्षिण कोरियाको एक अनौठो बिहे परम्पराको बारेमा पनि जानिहालौँ ।

weird-marriage-ritualsदक्षिण कोरियामा एउटा यस्तो बिहे परम्परा छ, जहाँ बिहेअघि बेहुलाहरुलाई उभिन्डो पारेर नांगो पाइतालामा लठ्ठीले हिर्काइन्छ ।

यो परम्परा अनुसार बिहेको केही दिन अघि हुनेवाला बेहुलाका साथीहरुले हुनेवाला बेहुलालाई झण्डै उभिन्डो पारेर उसको खुट्टा एउटा काठमा बाँधिदिएका हुन्छन् ।

उसले लगाएका जुत्ता फुकालिएको हुन्छ र पाइताला नांगो हुन्छ । अनि त्यहाँ उपस्थित सबैले एक एक गरी हुनेवाला बेहुलाको पाइतालामा जोडसँग लठ्ठीले हिर्काउँछन् ।

लठ्ठीले मात्र होइन विशेष प्रजातिको माछाले समेत केटाको पाइतालामा हिर्काइन्छ । यो माछाको पिटाइ खाने पुरुष बिहेपछि मजबुत बन्ने विश्वास गरिन्छ ।

यसरी हुनेवाला बेहुलोलाई नांगो पाइतालामा कुट्नुको एकमात्र उद्धेश्य बेहुलामा बिहेको पहिलो रातमा आफ्नो मर्दपना देखाउन सकोस् भनेर रहेछ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको