एकैपटक नौ वटा तीज गीत एल्वम सार्वजनिक

साउन २४, २०७३

सांस्कृतिक पर्व हरितालिका तीजको अबसर पारेर राजधानीमा विभिन्न लोक गायीकाको आजावमा सजिएका झण्डै एक दर्जन तीज विशेष गीत सार्वजनिक गरिएको छ । राष्ट्रिय लोक संचारकर्मी नेपालको आयोजनामा राजधानीको मिडिया इन्टरन्याशनलमा आयोजित विशेष कार्यक्रममा, विभिन्न चर्चित लोक गायक—गायिका झण्डै एक दर्जन तीज गीत सार्वजनिक गरिएको हो ।

DSC_0047-300x200 सो अबसरमा चर्चित गायीका चन्दा अर्यालको, चाहिँदैन मलाई चाहिँदैन, उमा श्रेष्ठको सिताराले भरिएको घुम्टो ओढेर, गौतमको कम्मर मर्काउदै आगन थर्काउँदै, सुनिता गुरुङको तिजको लहर २०७३, सुस्मा लामाको बाँसैको तामाले, प्रमिला तामाङको कम्मरले ल्यायो नम्बर, खुसी घिसिङको तालि बजाउन, विरबल ढकाल र सुर्य घलेको मायालाई सम्झेर आउँदै गरौला, संगीता श्रेष्ठ र कमल सुसान्त केसीको मरक्कै कम्मर सांसद कान्ता भट्राईले नेपाली नारीहरुको महान पर्वको अबसरको सास्कृतीक पक्ष बलियो बनाउन नेपाली गायिकाले पु¥याएको योगदान प्रशसा योग्य रहेको बताइन । तर तीज गीतका नाममा मौलिकता हराउने डर बढेको भन्दै उनले चिन्ता ब्यक्त गरिन । त्यसैगरी कार्यक्रममा राष्ट्रिय लोक संचारकर्मी नेपालका अध्यक्ष हरिबल्लभ नेपालले, नेपाली संगित क्षेत्र ओरालो लागेका बेला पनि मौलिक तीज गितको संरक्षणका लागि नेपाली गायिकाहरुले देखाउनु भएको उत्साह प्रशंसा योग्य रहेको बताएका थिए ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको