नेप्से एकाएक माथि उफ्रियो, डेढ घन्टामै बजार बन्द

साउन २५, २०७३

लगातार ओरालो लागेको सेयर बजारले ९ दिनपछि एकाएक यु-टर्न लिएको छ । नेप्सेमा तीव्र गिरावटका कारण सर्किट ब्रेक लागेको भोलिपल्ट ठीक उल्टो कारणले डेढ घन्टामै बजार बन्द भयो ।

stock-nepse-marketनेप्सेमा ५ प्रतिशत भन्दा बढी उछाल आएपछि मंगलबार साढे १२ नबज्दै बजार बन्द गरिएको हो । तीन पटक सर्किट ब्रेक लाग्दा पनि बजारको वृद्धि रोकिएन र बजार बन्द गराउनुपर्‍यो ।

अघिल्लो दिन सोमबार नेप्सेमा पाँच प्रतिशतको गिरावट आएपछि कारोबार स्थगित गराइएको थियो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार आएपछि पहिलोपटक सेयर बजार ‘हरियो’ भएको हो । सोमबार ५.३ प्रतिशतले घटेको नेप्से मंगलबार ५.४ प्रतिशतले वृद्धि भएर १७६० अंकमा पुगेको छ ।

कारोबार सुरु हुनु अघि नेपाल स्टक एक्सचेञ्जले बजार घट्नुपर्ने कारण केही नभएको भन्दै कम्पनीहरुको वित्तीय अवस्थाको अध्ययन गरी लगानी गर्न लगानीकर्तालाई आग्रह गरेको थियो । त्यसको प्रभाव लगानीकर्तामा तुरुन्तै परेको देखिएको छ ।

धितोपत्र बोर्डले पनि सोमबार नेप्सेमा रेकर्ड गिरावट भएपछि लगानीकर्तालाई प्रोत्साहित गर्दै विज्ञप्ति निकालेको थियो । नेप्से र बोर्डले नै लगानीकर्तालाई आश्वस्त पारेपछि बजार सुधारको दिशामा अघि बढेको हो ।

मंगलबार बैंकिङ समूह ९६ अंकले उकालो लाग्यो भने होटल समूहमा ११९ अंकको वृद्धि भयो । यसैगरी विकास बैंक समूहमा ४४ अंकले सुधार हुँदा जलविद्युतमा १३८ अंकको बढोत्तरी आयो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको