लोकप्रियता कमाएको मुम्बई मेहन्दी

साउन २७, २०७३

लामो समय देखि काठमाण्डौको डिल्लीबजार चारखाल मोडमा रहेको मुम्बई मेहन्दी सेन्टर निकै लोकप्रिय नेपालमा सबैभन्दा पुरानो मेहन्दी ट्रेनिङ् सेन्टर हो । जहाँ मेहन्दी लगाउनेहरु र मेहन्दी सम्बन्धि तालिम लिनेको पनि हरेक सिजनमा त्यतिकै भिड रहने गर्छ । यस ट्रेनिङ् सेन्टरमा बिभिन्न डिजाइनका मेहन्दी लगाउनको साथै नेल आर्ट सम्बन्धि कोर्षको निशुल्क तालिम दिदै आएको छ । ठाउँ अनुशार मेहन्दीको बुट्टाहरुको नाम पनि फरक फरक हुन्छ भन्ने यस मुम्बई मेहन्दीका सञ्चालक कुलदीप कुमार सँगको छोटो कुराकानी ।

mehendi-300x200अहिले चाडपर्व नजिकिदै गएको अवसरमा मुम्बई मेहन्दी ट्रेनिङ सेन्टरको चहलपहल कस्तो छ ?
अहिले चहल पहल निकै नै छ । हुनत सधै नै भिडभाड भै रहन्छ तर चाडबाट नजिकिदै जादा मेहन्दी लगाउनेहरुको अत्याधिक चाप बढ्दै जान्छ । हाम्रोमा तालिम लिनेहरु पनि निकै छन् र बिधार्थीहरु पनि यहाँ तालिम लिन पाउदा धेरै नै खुशि र सन्तुष्ट भएको पाएको छु ।
अरु मेहन्दी सेन्टरहरु भनेको यहिबाट सिकेर गएका बिधार्थीहरुले खोलेको हो । उनीहरुको राम्रो होस् राम्रो चलोस् त्यो नै राम्रो कुरा हो तर मुम्बई मेहन्दी ट्रेनिङ् सेन्टर भनेको नेपालको सबैभन्दा पहिला खुलेको ट्रेनिङ् सेन्टर हो र यहाँ दक्ष प्रशिक्षक बाट मात्र मेहन्दी सम्बन्धि तालिम दिइन्छ ।
तपाईकोमा तालिम लिनको लागि कत्तिको महंगो छ ?
त्यति धेरै महंगो छैन । हामी राम्रो सँग सिकाउछौ त्यसैले सबैजना खुशि छन् । यदि महंगो भएको भए यति धेरै भिडभाड हुँदैन थियो होला ।
प्रशिक्षकहरु दक्ष छन् भन्नुभयो कहाँबाट सिकेर आएका छन् ?
हाम्रोमा प्रशिक्षकहरु सबै नै दक्ष छन् । हामी बाहिरबाट प्रशिक्षक झिकाउँदैनौ यहि राम्रोसँग सिकेका हुन् र जो सिकाउनको लागि दक्ष छन् उनीहरुलाई नै हामीले प्रशिक्षकको रुपमा यहि काम दिएका छौ त्यसैले हामी ढुक्क छौ । बाहिरबाट ल्याउदैमा प्रशिक्षक दक्ष हुन्छन् भन्ने भ्रम मात्र हो ।
तपाईंकोमा मेहन्दी कसरी तयार गरीन्छ ?
मेहन्दी बनाउने तरीका समय अनुशार फरक फरक हुन्छ जस्तै साधारण मेहन्दी बनाउने तरीका गर्मीमा बनाउने तरीका तथा जडोमा बनाउने तरीका फरक हुन्छ ।
साधरण मेहनदी कसरी तयार गरीन्छ त ?
साधारणतया मेहन्दी बनाउदा कागतीको रसमा ८–१० थोपा निलगिरीको तेल हालेर मेहन्दीको धुलोराखेर भिजाउने पानीमा इमली र चीयाको पात राखि उमाल्ने त्यसपछि पानी छानेर आवश्यक मेहन्दीको धुलो हाली दुई घण्टा भीजाउने ।
तपाई आफ्नो यो व्यावसायबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
एकदमै सन्तुष्ट छु । यसको लोकप्रियता दिनप्रतिदिन बढ्दै गइरहेको छ । बिधार्थीको चाप पनि निकै नै छ त्यसैले म धेरै खुशि छु ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको