उद्ममी शान्ता देवी

साउन २७, २०७३

वि. सं. २०२० साल भाद्र महिनामा पाल्पा जिल्लाको रिडीमा जन्मनुभएकी उद्योगी तथा समाजसेवी शान्ता देवी घिमिरे महिलाहरुमध्ये एक सफल उद्योगीको रुपमा आफ्नो नाम राख्न सफल छन् । तत्कालिन समाजमा महिलाहरुलाई पढाउने कुरा खासै थिएन त्यसैले घरमै बुबाले अलि अलि कखरा सिकाउनु हुन्थ्ये । घर नजिक विध्यालय नभएकाले खोला पारी मात्र पढनलाई जानु पर्दथ्यो तर उहा सानी भएकाले खोला तरेर जान सक्ने सम्भावना थिएन । त्यसपछी उँहा मामाको घरमानै बसेर स्थानिय स्तरमा सञ्चालित प्राथामिक विद्यालयमा गुन्द्री ,सुकुल लिएर पढन थाल्नुभयो र मामाको जेठो छोरा केशले पनि उहालाई पढनमा ठूलो सहयोग गर्नुभएको थियो कक्षा ५ सम्म त्यसरीनै अध्यान गर्नुभयो। पछी रिडी माद्यामिक विद्यालयमा कक्षा ८ मा पढदैगर्दा १५ वर्षको उमेरमा मदनपोखरास्थित इश्वरीप्रसाद घिमिरेका छोरा ढकेश्वर घिमिरेसँग वि.सं.२०३५ सालमा उँहा वैवाहिक वन्धनमा बाधिनुभयो ।

Shanti Deviत्यसपछी बच्चा बच्ची जन्मीसकेपछी पढाइमा ध्यानदिन पनि सक्नुभएन । त्यसपछी उहाले कुखुरा पालन,च्याउ खेती,बाख्रा पालन सम्बन्धी तालिम लिनुभयो र पछी वि.स.२०४४सालमा भारतको सिपास बस्तीबाट उहाले एस.एल.सि पास गर्नु भयो । र उहाले बन्द भएका विद्यालयलाई पुनः विद्यार्थीलाई जम्मा गरेर पाच वर्षसम्म पढाउनु भयो । र पछी पढाउन छाडेर उहा कृषि पेषामा लागनुभयो तर वि .सं.२०३८ सालमा आएको भिषण बाढीका कारण उहाहरुको जमिन बगरमा परिणत गरिदियो प्रकृतिले त्यसपछी उहाहरु ब्यावसायीक फलफुल खेतिमा लाग्ने क्रममा कफि खेतिलाई छानेर कफि खेती गर्न थाल्नुभयो ।

सुरुको अबस्थामा माइतबाट कफिको बीउ ल्याएर थोरै नर्सरी राख्नु भयो र यसरी उहाहरु कफिलाई व्याबसायिक रुपमा खेती गर्न थालियो र रोपेको चार वर्ष पछी कफि फल्न सुरु भयो ।शुरुमा कराइमा भुटेर घरमै प्याकिङ गरी बेच्न थालियो ,सुरुमा कफिको बारेमा धेरैलाई थाहा थिएन पछी उहाले नै विभिन्न मेला पर्वमा कफिको बारेमा जानकारी दिने काम गर्नु भयो साथै उहालाई कृष्ण घिमिरेले पनि उहालाई ठूलो सहयोग गर्नु भएको थियो, वि.सं.२०५४ सालमा बुटवलमा सञ्चालन भएको औद्योगिक पर्दशनिमा युवराज दिपेन्द्रबाट शर्वोकृष्ट महिला उद्यमी पुरस्कार पाएपछी उहालाई थप हौशला प्राप्त भयो । त्यसपछी उहाहरुले वैङग्लोरबाट मेसिन ल्याईयो र आधुनिक तरिकाले कफी प्रशोधन गर्न थालियो र ५४ सालबाटनै उहाहरुको कफि गिफ्को रुपमा विदेशमा समेत पठाउन थालियो ।

त्यसपछी फाम हेर्न नेपालका ७५ वटै जिल्लाबाट किसानहरु आउने क्रम शुरु भयो र विदेशी किसानहरु पनि उक्त फाम हेर्न थाले ।, शुरुमा १८–२० रोपनिबाट शुरु भएको को कफि खेति हाल आएर जिल्लाभर उनको कफि खेतिको अनुशरण गर्दै १५० भन्दा बढि किसानले खेती गरिरहेका छन ।

वि.सं.२०५८ मा दद्ध शुरु भएपछी कफिलाइ काठमाण्डौतिर निकास गर्न समस्या भएपछी बालाजुमा मेसिन राखियो र पाल्पाको त्यतै र काठमाण्डौको काठमाण्डौमा नै बिक्रि गर्न थालियो । उनले हाल सम्म थुप्रै संघसस्थाबाट सम्मानित भएतापनि विशेष गरी उनलाई ५४ सालमा युवराज दिपेन्द्रबाट पाएको सम्मान, र ७० सालमा तत्कालिन मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीबाट थापेको सम्मान सम्झन्छीन र ६८ सालमा सर्बोकृष्ट  महिला उद्यमीको सम्मान स्वरुप १० दिने बङगलादेश भ्रमण समेत उनले गरिन । हाल उनि समाज सेवामा समेत लागेकि छन पाल्पा जिल्लामा आमासमुह गठन गरेर आध्यात्मीक सस्था खोलेर भवन समेत निर्माण गरेकि छन र हाल काठमाण्डौको नैकापमा बसेतापनि महिला रहेर काम गरिरहेकी छन ।

काठमाण्डौको ठमेलमा अबस्थीत एवन विजनेश कम्प्लेसमा पसल राख्नुभएको छ र उनको कफि हाल डिपाटमेन्ट स्टोरमा पनि राखिएको छ । उनि भन्छीन इमानदारका साथ आफ्नो काम गर्दा म यासम्म आएको हँु। यतिखेर उनि आफ्नी आमालाई सम्झन्छीन आमालाई मैले घुमाउन पाइन आमा भइदिएको भए आज मेरो शफलतामा कति खुसी हुन्थीनहोल जो सधै अ‍ेरो खुसीमा रमाउथिन ,उनि भन्छीन कृषि क्षेत्रमा लागनु भएको छ अझ विशेष गरि कफि खेती गर्ने र उपभोग गर्ने उपभोक्ता सबैलाई धन्यबाद दिन चाहन्छु ।

प्रस्तुती : चक्र प्रसाद पोख्रेल


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको