सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
संचारकर्मी राजेन्द्र लुईटेलको हिजो आज कलाकारितामा पनि व्यस्तता बढ्न थालेको छ । कार्यालय समय, पत्रकारिता, समाजसेवा र विभिन्न कार्यक्रम तथा सार्वजनिक समारोहमा उतिकै समय दिन भ्याएका लुईटेलको एक पछि अर्को गर्दै उनीद्धारा अभिनित म्युजिक भिडियोहरु रिलिज हुने क्रम जारी छ ।
हालसालै मात्र उनले अभिनय गरेको गायक तुलसी पराजुलीको गित देउरालीको चौतारीमा निकै नै लोकप्रिय भयो । यसमा उनलाई हांस्य कलाकार निरु खड्काले साथ दिएकी छिन भने निर्देशन पनि उनकै रहेको छ ।
यसै गरि केहि दिनमा उनको ३/४ वटा भिडियोहरु तथा केहि विज्ञापन ( टिभिसी) पनि रिलिज तथा प्रसारणको तयारीमा छ । जस मध्ये प्रमोद खरेलको स्वरमा स्वरवद्ध हर रात…. बोलको गीत बजारमा निकै चर्चामा रहेको छ । जसमा उनलाई साथ दिएका छन् भद्रगोलमा रक्षाबाट चर्चित बनेकी रक्षा श्रेष्ठ र अनिल श्रेष्ठले ।
उनले अभिनय गरेको पहिलो म्युजिक भिडियो गायक सन्तोष लामाको नरुनुस आमा नरुनुस बावाले… निकै चर्चा कमाएको थियो भने थुप्रै एवार्डहरुमा मनोनित भएको थियो र त्यसैबाट बागमती म्युजिक एवार्डको सर्वोत्कृष्ट मोडल २०७३ को टप ५ औ मा पुग्न समेत सफल भएका थिए । त्यस पछि उनलाई भिडियोमा थुप्रै अफरहरु आउन थाल्यो तर समय व्यबस्थापन गर्न नसक्दा आएका राम्रा अफरहरु गुमाउनु पर्दा निकै नराम्रो लागेको कुरा उनी बताउंछन ।
१ दर्जन भन्दा बढी म्युजिक भिडियो, टेलिचलचित्र तथा विभिन्न विज्ञापनहरुमा अभिनय गरिसकेका लुईटेलले सर्ट मुभी भ्रष्ट मन्त्रालयको समेत निर्देशन गरेका छन । थुप्रै विज्ञापनहरुमा भ्वाईस ओभर गरेका छन् ।
विभिन्न संघ संस्था र थुप्रै सामाजिक संस्थाहरुमा आवद्ध रहेका छन् । समाज सेवामा सक्रिय भएर लागेका छन् । छोटो समयमा नै कलाकारितामा जम्न सफल राजेन्द्रले समाजसेवा , कलाकारिता र संचारक्षेत्रमा योगदान पुर्याए बापत थुप्रै पटक सम्मानित समेत भएका छन् ।
हालै मात्र उनीद्धारा अभिनित गायीका अन्जु पन्तको स्वरमा निकै नै मार्मिक गीत म रुंदा हास्ने हजार देखे…बोलको गीत सार्वजनिक भएको छ । गितकार भगिरथ दाहालको गीति एल्बम अनुकम्पा तथा गीति संग्रह आफ्ना परायाको लोर्कापण समारोहमा प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले उक्त भिडियो एवं गितकार दाहालको एकल रचनाको गीति संग्रह अनुकम्पा तथा गीति पुस्तक आफ्ना परायाको एक साथ विमोचन गर्नु भएको थियो । सोही दिन विभिन्न टेलिभिजन च्यानलबाट एक साथ उक्त भिडियो सार्वजनिक गरिएको थियो ।
विमोचित एल्बम अनुकम्पामा समावेश उक्त गीतको संगीत सुरेन्द्र श्रेष्ठको रहेको थियो भने एरेन्ज रुपम गुरुंगले गरेका थिए । भिडियोको निर्देशन सोनम पाख्रीन, छायांकन अमृत सुनुवार , सम्पादन प्रवीन श्रेष्ठ मोक्षको रहेको छ ।
भिडियोमा लुईटेललाई नायिका सम्पदा बानीयां, गायक रामकृष्ण श्रेष्ठ, गायक रवि सुवेदी तथा बालकलाकार जिज्ञासाले साथ दिएका छन् । भिडियोको वारेमा वोल्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गीत अनुसार भिडियो उत्कृष्ट रहेको र कलाकारहरुको अभिनय मन छुने रहेको कुरा वताउनु भयो भने अर्का गायक रामेश श्रेष्ठले निकै नै चेतनामूलक भिडियो बनेको र नारीले भोग्नु परेको पीडालाई कसरी हटाउन सकिन्छ भन्ने कथालाई राम्रोसंग चित्रण गरेको कुरा बताउनु भयो ।
संगितकार राजु सिहंले भिडियोलाई सन्देशमुलुक रहेको र यसले सफलता पाउने कुरामा दुई मत नरहेको भन्नु भयो । गीतकार भगिरथ दाहाल धेरै वर्ष सम्म अमेरिकमा रहेर पनि नेपाली गीत संगीतप्रति रुचि रहेका कारण नेपालमा आई उक्त एल्बम र गीति संग्रह निकालेका हुन ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका