पत्रकारको तीज गीत : फेसबुक र ट्वीटरमा हिट (भिडियोसहित)

साउन ३०, २०७३

पत्रकारद्वय शोविता रिसाल र राजन रुचालको स्वर र शब्दमा रहेको तीज गीत बजारमा आएको छ । कार्यालयमा काम गर्दा फुरेको शब्दलाईनै गीत बनाएको रिसालले बताइन् ।

धेरै पत्रकारले ट्वीटर छिनछिनमा समाचार पोष्ट गर्ने र मोडलले फेसबुकमा धेरै फोटो सेयर गर्ने गरेकाले त्यही विषय समेटेर मेरो मायालु फेसबुक र ट्वीटर हिट बोलको गीत रचना गरेर गाएको उनको भनाई छ । छिनछिनमै फेसबुक चलाउनुपर्ने युवा बानी र बारम्बार ट्वीट गर्ने पत्रकारको विषयलाई गीतमा समेटिएको छ ।

पहिलेदेखि नै आफ्नो रुची गायनमा रहेको भन्दै रिसालले आउँदा दिनमा अरु गीत पनि गाउने योजना रहेको सुनाउनुभयो । मेरो मायालु फेसबुक र ट्वीटरमा हिट बोलको गीतमा शब्द र स्वर पत्रकारद्वय रिसाल र रुचालको छ । लय संयोजन रुचालले गर्नुभएको छ । गीतमा संगीता रसाईली र अशोक दुवाडीले अभिनय गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको