सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
साउन ३१, काठमाडौं : पछिल्ला पाँच वर्षमा घरेलु तथा साना उद्योगमा लगानी बढेको छ । ठूला उद्योगको तुलनामा छिटो प्रतिफल पाउन सकिने तथा थोरै पूर्वाधारमै काम गर्न सकिने भएकोले यस्ता उद्योगमा लगानी बढेको हो । घरेलु उद्योग स्थापनाका लागि कम जमिन भए पुग्ने र दक्ष जनशक्ति र प्रविधिका कारण धेरै कर्मचारी राख्नुपर्ने अवस्थासमेत नरहने भएकाले यस क्षेत्रमा आकर्षण बढ्दो क्रममा रहेको व्यवसायीहरू बताउँछन् ।
आर्थिक वर्ष ०६८/६९ मा घरेलु तथा साना उद्योगमा ५ अर्ब ६ करोड रुपैयाँ लगानी भएकोमा आव ०७२/७३ सम्म आइपुग्दा १७ अर्ब ८ करोड रुपैयाँ लगानी पुगेको घरेलु तथा साना उद्योग विभागले जनाएको छ । छोटो समयमै प्रतिफल प्राप्त हुने तथा कम लगानीमा पनि सञ्चालन गर्न सकिने भएकाले घरेलु तथा साना उद्योगमा लगानी आकर्षित भएको सरोकारवालाहरू बताउँछन् ।
विभागका निर्देशक विष्णुप्रसाद ज्ञवालीले छोटो समयमा नै प्रतिफल पाइनुका साथै घर–परिवारसँगै बसेर उद्योग सञ्चालन गर्न सकिने भएकाले यस्ता उद्योगहरूमा लगानी बढ्दै गएको बताउँछन् ।
“कम पुँजीमा नै उद्योग सञ्चालन गर्न सकिने भएकाले घरेलु तथा साना उद्योगप्रतिको आकर्षण बढ्दो छ,” ज्ञवालीले भने, “विदेशमा गरिने चुनौतीपूर्ण कामभन्दा नेपालमै साना उद्योग व्यवसायबाट मनग्गे पैसा कमाउने भएकाले लगानी बढेको हो ।” साना उद्योगहरूलाई दिएको अनुदान तथा कम सहुलियतमा दिइने ब्याजले पनि साना उद्योगहरूमा लगानी बढाउन मद्दत गरेको उनले बताए ।
विभागको तथ्यांकमा पनि यस्ता उद्योगले रोजगारीमा समेत उल्लेख्य योगदान पु¥याएको देखिन्छ । आव ०७१/७२ मा ४४६ उद्योगबाट २२ हजार ७८५ जनाले रोजगारी पाएका छन् । गत आर्थिक वर्ष ४१० उद्योगमार्फत १८ हजार ९६० जनाले मात्र रोजगारी पाएका छन् ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका