साताको सेयर : ४ अर्ब ४० करोड कारोवार

भदौ ३, २०७३

काठमाडौ : यो साता सेयर बजारमा ४ अर्ब ४० करोड रुपैयाँको सेयर कारोवार भएको छ । साताका पहिलो र दोस्रो दिन उच्च अंकको गिरावट भएको बजारमा पछिल्ला दुईदिन भने सुधार देखिएको थियो । प्रचण्ड सरकारको तेस्रोपटक मन्त्रीमण्डल विस्तार भएको आइतबार बजार ४०.९४ अंकले घटेको थियो । उच्च अंकको गिरावटकै कारण केही नयाँ सरकारप्रति पुँजी बजार सकारात्मक नरहेको अनुमान समेत थियो ।

आइतबार सबै सूचक रातो भएका थिए । बैकिङ, होटल, जलबिद्युत, बीमा लगायतका सूचक उच्च अंकले घटेका कारण २१ लाख ८१ हजार २ सय ८९ कित्ता सेयर खरिदबिक्रि भएपनि एक अर्ब १४ करोड २२ लाख ७ हजार ९ सय ९९ रुपैयाँको कारोवार भएको थियो । सो दिन बजार १७३३.९३ अंकमा झर्दै अडिएको थियो । सोमबार पनि बजारले अघिल्लो दिनकै लय लिएर ३९.१२ अंकले घटेको थियो । एक सय ४१ वटा कम्पनीका २४ लाख १७ हजार २ सय ५ कित्ता सेयर खरिदबिक्रि भएको बजारमा एक अर्ब १९ करोड २९ लाख ४९ हजार ७ सय ६९ रुपैयाँको कारोवार भएको थियो ।stock-nepse-market

सोमबार बैकिङ समूहको सूचक ४०.८८ अंकले घटेको थियो भने होटल समूह ७६.५९ अंक, बिकाश बैंक ३७.९९ अंक, जलविद्युत ४९.६१, बीमा २३४.२८ अंकले घटेको थियो । लगातार दुई दिन गिरावट आएको बजार मंगलबार भने सम्हालिएर २२.६४ अंकको बृद्धि लिएको थियो । बीना कारण दुई दिन ८० अंकले घटेको बजारमा मंगलबार भने सबै सूचक हरिया भएका थिए । लगानीकर्तामा देखिएको मनोवैज्ञानिक त्रासका कारण बजार घट्ने र बढ्नेक्रम भने रहिरहयो । १ सय ४३ कम्पनीका २० लाख ३८ हजार ९ सय १४ कित्ता सेयर खरिद बिक्रिबाट १ अर्ब ६ करोड ३१ लाख ७५ हजार २ सय ९४ रुपैयाँ कारोवार सहित बजार १७१७.४५ अंकमा उक्लिएको थियो । अन्तिम कारेवार दिन बुधवार भने बजार १७.६१ अंकले बढेको थियो । बिहीवार सार्वजनिक विदा परेकाले बुधबारसम्म मात्र कारोवार भएको थियो । सो दिन बजार १ हजा ७३५ अंकमा पुगेर अडिएको थियो । एक अर्ब रुपैयाँको कारोवार भएको यो दिन १४५ कम्पनीको १६ लाख ९७ हजार कित्ता सेयर खरिदविक्रि भएका थिए ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको