ट्याक्सी किन्ने अनुमतिका लागि ९ गुणा बढी निवेदन, आइतबार पनि दर्ता गर्न सकिने

भदौ ३, २०७३

काठमाडौं : भूकम्प अति प्रभावित १४ जिल्लाका पीडितलाई ट्याक्सी किन्ने अनुमतिका लागि आवेदन दिने समय बढेको छ । बिहीबार, शुक्रबार र शनिबार सार्वजनिक बिदा परेकाले आइतबार पनि आवेदन दिन सकिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

car2यसअघि साउन ५ गतेदेखि भदौ २ गतेसम्म आवेदन दिने म्याद तोकिएको थियो । ट्याक्सीको लागि नौ गुणा बढी निवेदन दर्ता भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ । बुधबारसम्म एक लाख ३१ हजारले आवेदन दर्ता गराएको यातायात व्यवस्था कार्यालय, साना÷ठूला सवारी, वागमतीका कार्यालय प्रमुख तिलक पौडेलले जानकारी दिनुभयो ।

भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौँ, ललितपुर र भक्तपुरका आधिकारिक प्रमाणपत्र भएका भूकम्पपीडितले आवेदन दर्ता गराएका छन् ।

आवेदन दर्ता गर्दा भूकम्पपीडित परिचयपत्र भएका व्यक्तिले नै आवेदनमा हस्ताक्षर र ल्याप्चे लगाउनुपर्ने व्यवस्था छ । एक हजार ५ सय ट्याक्सीका लागि गोलाप्रथाबाट छनोट गर्ने कार्यालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको