गीत-संगीतमै व्यस्त छु : गायक दिपक लिम्बु

भदौ ३, २०७३

गायक : दिपक लिम्बु 

dipakदीपक जी हाल के मा व्यस्त हुनुहुन्छ ?

हाल गीतसंगीतमै व्यस्त छु, मेरो असोजको दोस्रो हप्ता नयाँ एकल एल्वम श्रेय आउदै छ ,यो मेरो पाचौ एलबम हो ,यस अघि मेरा चारओटा एल्वमहरु नेपाली तारा दिपक लिम्वु ,श्रोता ,श्रब्य गन्तव्य र श्रेय चाही पाचौ एल्वम हो यसमा रचना र संगीत उत्तमजंग लिम्बुको रहेको छ ।

श्रेय एल्वममा कती ओटा कस्ता खालका गीतहरु राख्नुभएको छ ?

यस एल्वममा पाचओटा गीतहरु रहेका छन खासगरी यसमा सदाबहार गीतहरुनै रहेका छन ,माया प्रेमका गीत पनि रहेका छन ,जसमा किन जालीमाया लाउछौ विश्वास घटाउन,कालो मनले छोपिएको पर्दा हटाउन,म रङग हु तिमी रंग हौली ,हाम्रो चिनजान कहिलेको कहिलेको,संयोगैले भेटभयो अहिलेको ,घुम्टो उघारी तिम्रो त्यो चन्द्र मुहारलाई हेरीरहन पाए ,के सम्झयौ मलाई मेरो मायालाई कसरी भुलौ तिम्रो मायालाई जस्ता गीतहरु रहेका छन ।

फिल्मको गीत चाही कतिको गाउनुभएको छ ?

फिल्मको गीत चाही भरखरै मात्र बजारमा आएको छ जय प्रशुराम भन्ने चलचित्रको गीत जुन गीत ,धेरै पछी मैले एकदमै आस गरेको गीत हो जुन गीतमा डा.कृष्णहरी बरालको रचना रहेको छ, ,फिल्मीमा पनि एउटा अलि लोकफिल्मी टाइपको गीत रहेको छ जसमा एकनारायण भण्डारीको शब्द छ भने मिलन अमात्या अञ्जु पन्त र मेरो स्वर रहेको छ अर्को लगाव भन्ने फिल्मको गीत पनि आइरहेको छ जे होस पछील्लो समय फिल्मका गीत धेरैनै गाएको छु ।

महिला दिदिबहीनिहरुको महान पर्व तीज अउदै छ के भन्नु हुन्छ ?

महिला दिदिबहिनीहरुलाइ सर्वप्रथम त तीजको शुभकामना दिन चाहन्छु जजसले गीत संगीत निकालीरहनु भएको छ उहाहरुलाई चाडपर्वका गीत निकाल्दा चाडपर्वको भाव दर्शाउने गीत ल्यउनुहोला भन्न चाहन्छु कहिलेकाही चाडपर्वको नाममा उसृङखल खालका गीतहरु आइरहेका हुन्छन त्यसैले त्यस्ता खालका गीत ननीकाल्न अनुरोध गर्दछु किनकी तपाईहामीले नै हो गीतसंगीतको इज्जत राख्ने ।

अन्तीममा के भन्नु हुन्छ ?

धेरै धेरै धन्यवाद सर्वप्रथम त मलाई आफ्ना केही कुराहरु राख्न दीएकोमा साथै अव नेपालीहरुको महान पर्व तीज आयो तिज लगतै दशै तिहार आउदै छ सम्पुर्ण नेपालीलाई अग्रीम शुभकामना दिन चाहन्छु ,नेपाली गितसंगीतलाई माया गर्नुस ,राम्रो गीतलाई जहिले पनि सर्पोट गर्नुस नराम्रोलाई जहिले पनि नराम्रो भन्नुस तपाई हरुकै सहयोगले याहासम्म आएको छु ।

प्रस्तुती : चक्र प्रसाद पोखेल


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको