सत्यको जीवनको पहिलो सत्य, भन्छन् “त्यो ऐतिहासिक भेट थियो “

भदौ ३, २०७३

सुगम संगीतका चर्चित गायक सत्यराज आचार्यको चिनारी अभिनयमा त थियो नै, तर अब उन्लाई गजलर् इतिहासमा नयाँ युगको सुरुवात गर्ने र्सजक भनेर पनि चिनिन थालेको छ।जेठ अन्तिममा र्सार्वजनिक भएको उन्को मधुशाला नामक गजल एल्बमले नेपाली संगीतको क्षेत्रमा खैलाबैला नै मच्चायो।एउटै श्रष्टाले गायन,लेखन र संगीत गरेको गजल विधामा संभवतःपहिलो भएको दाबी गर्दै गिनिज बुकमा नाम लेखाउने तयारीमा छन् सत्य। विगत २३ वर्षदेखि व्यावसायिक रुपमा कला क्षेत्रमा रमाँउदै आएका उन्ले १५०० भन्दा बढि गीत गाईसकेका छन्।यो वर्षस र्वोत्कृष्ट गायकको रुपमा छिन्नलता गीत संगीत पुरस्कार बाट सम्मानित हुने उनै गायक संग सहकर्मी मनुका कुँवरले गरेको कुराकानीः
13516276_1187269417990841_1516019165313254583_n-300x300· सत्यलाई गायक, कलाकार भनेरै त चिनिएकै थियो नि तर यो श्रीजनाको नविनता चाँही किन?

> मधुशालाको नविनता यर्सथ पनि नविन छकि यो एउटा विशुद्ध गजल एल्बम हो।गजल एकाध सत्यराज आचार्यले नगाएको होईन,तर यस्मा मेरो गायन,संगीत र लेखन तिन वटै मिश्रीत छ।नेपाली सांगीतिक गजलकोर् इतिहासमा एउटा छुट्टै दस्तावेजको रुपमा मैले यस्लाई निर्माण गर्न खोजेको हुँ।गजल विधामा एउटै श्रष्टाले नगरेको कार्य जुन आफैमा एउटा चिनारी र महत्व बोकेको छ।

· पाँचतारे होटेलमा भएको भव्य विमोचनको त प्रतिक्रिया पनि भव्य होला नी?

> सबभन्दा ठुलो खुशीको कुरा यहि थियो मेरो लागी,तर मैले जहिल्यै भन्ने कुरा पाँचतारेमा गर्नु मात्रै ठुलो कुरा होईन।यदि मेरो प्रोडक्ट,कृति नै फितलो छ भने साततारेमा गरेनी त्यस्को कुनै महत्व हुँदैन।जब बिमोचनपछि सबैजना बाहिर निस्के,गाडीमा सिडि हाले,घरमा गएर सुने,त्यस्को प्रतिक्रिया जुन मैले पाँए,त्यस्को आँकलन गर्नै सक्दिन।मधुशाला नामले जस्तो महत्व बोकेको थियो,त्यस संग सम्बन्धित लिकर कम्पनी आफै आबद्ध हुँदा पनि त्यो विमोचन भव्य हुन पुगेको थियो ।

· त्यो दिनको जमघटको खुबै तारिफ पनि सुनियो नी?

> एकदमै ऐतिहासिक भो त्यो जमघट,मैले बुबा र मेरा दर्ुइछोरा संगीत र सरगमको हात बाट विमोचन गर्न पाँए। तिनपुस्ता हामी सत्यस्वरुप अनिता,बुहारी मिना पनि संगै स्टेजमा थियौं।मैले पछि त्यो मुल्यांकन गरेँ कि त्यसरि हामी आठैजना भएको त्यो नै पहिलो समारोह रहेछ।पारिवारिक हिसाबले मेरो जीन्दगीको यो सबैभन्दा ठुलो उपलब्धी हो।मैले त्यहाँ आफ्नो गजलहरुको साथसाथै बुबाका गजलहरु पनि गाएको थिँए।अर्कोकुरा मैले आफैले पहिलोपटक निर्देशन गरेको यस्का भिडियोहरु पनि देखाईयो,समिक्षा भयो,चिनारी भयो।मैले ति सबै समेट्न जोनिजिप सहित पाँचवटा क्यामेरा प्रयोग गरेको थिँए।मिडियाका साथीहरुले पनि निक्कै तारिफ गर्नुभयो,जस्ले मलाई थप हौसला मिलेको छ।

· मधुशालाको अर्थलाई यहाँ चाँहि कसरी चिनाउन खोजिएको छनी,प्याला समाउन मात्रै हो की?

> मधुशालाको अर्थ लिँदा मदिरा पिउने ठाँउ हो,यो उर्द्धुबाट आएको आगन्तुक शब्द हो।हामीले मद संग जोडेर यस्को अर्थ बुझ्छौ।हाम्रो ठेटभाषामा यस्को अर्थ भट्टी भन्ने बुझिन्छ।
आउ साथी रमाँउ आज मधुशालामा
एकएक प्याला समाँउ आज मधुशालामा,
खास  हरिवंश राय बच्चनको कृति मधुशालाबाट म निक्कै प्रभावित थिँए,पछि स्वरुपले यहि नाम राख्न भनेपछि मैले राँखे।गजल एल्बम मेरो आफ्नो सोच हो,म सँधै साउन्डले हरेक कुरा बोक्नपर्छ भन्ने मान्छे हो।मधुशाला आफैमा पनि धेरै ओजपूर्ण शब्द हो ।

· मधुशालाका गजलहरुले तपाईको वास्तविक जीवनमा कत्तिको अर्थ राख्छ नी?

> कुनैकुनैले राख्छ,त्यो समयमा अथवा चेतना कतिबेला आयो त्यो क्षणिक त्यति समयको वास्तविक हो,तर तपाईले भनेकै कुरालाई जोड्दाखेरि चाँही काली भन्ने गजल एकदम वास्तविक छ,मैले मेरी अनितालाई र्समर्पण गरेको थिँए।अर्को आज एउटा खाम देखेँ भन्ने गजल चाहीँ घरमा खाम हर्ेर्दै थिँए,त्यँहा एउटा नाम देखेपछि त्यसैलाई लिएर गजल बनाँए।आउ तिमी गजल भने जून उदाएको हेरेपछि लेखेको हो।अरुपनि कतै केहि जोडिएकै छन् ।फेरी मेरो संगीत र शब्द एकैचोटि आउने गड गिफ्टेड नेचर जस्तै एउटा खुबी छ।हार्मोनियम झ्याप्प समाँउदा धुन र शब्द एकैचोटि दौडिन्छन्।

· गिनिज तयारी नि गर्दै हुनुहुन्छ भन्ने हल्ला छ ,प्रक्रिया के हुँदैछ ?

> हो, तर यस्मा उनिहरुलाई नै बाटो देखाउने हो,किनकि गीत त सबैले लेखेका छन् नि भन्ने उहि कुराको सोच रैछ तर यो गीत होईन गजल हो भनेर बाटो देखाउनर्ुपर्छ,त्यै हो मुख्य पक्रिया।

· अन्तमा यो प्यालाबारे केहि भन्ने चाहना छ कि?

> रिस पोख्ने,तनाव,दुख,पिरलाई बिसाउने मात्रै मधुशाला होईन,मनको शान्ती पनि यहाँ कमाउन सकिन्छ भनेर एकदम पोजिटिभ फिलको मैले लेखेको हुँ।मधुशालाका प्याला तपाई समाउनुस् तर प्यालाले चाहीँ तपाईलाई नसमाओस् भन्न चाहान्छु।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको