सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
सांगीतीक क्षेत्रमा उदाउँदै गरेकी एक नवगायिका हुन् शोभा पाण्डे । सुमधुर स्वरकी धनी शोभाले बजारमा “शङ्का” लिएर आउने तयारीमा छिन् । उनको यो एल्वम यतिबेला बजारमा नआउँदै चर्चामा छ । यससम्बन्धी उहाँसँग हाम्रा सहकर्मी अनु अर्पण घिमिरेले गरेको कुराकानी :
कुन ठाउँमा जन्मिनु भयो ?
– रुपन्देहिको देबदह भन्ने ठाउँमा |
हाल के मा व्यस्त हुनुहुन्छ ?
– पढाइसँगै संगीत अनी नयाँ एल्बम ‘शङ्का’ को तयारीमा छु |
शङ्कामा कती वटा गीत समाबेश छन् ?
– ५ वटा गीत छन् |
कस्ता कस्ता गीत छन् ?
– ५ वटा मध्य तीन वटा आधुनिक गीत र दुई वटा गजल छन् |
शब्द अनी संगीत कस्को छ शङ्कामा ?
– शब्द कृष्णहरी बराल सरको अनी संगीत गैरे शुरेशको |
संगीतमा कहिलेबाट लाग्नु भो ?
संगीत त मेरो जीवनको एउटा अंगै हो भन्दा फरक नपर्ला, म सानै बाट गाउँथे तर सोलो एल्बम चाहीँ पहिलो हो यो “शङ्का” |
संगीतको अवस्था आर्थिक हिसाबले नाजुक छ् भन्छन, तर पहिलो पटकमै पाँच वटा गीत गजल समाबेश गरेर सांगितिक क्षेत्रमा उदाउनु भएको छ ?
– श्रोता दर्शकले राम्रो लाई माया गर्नुहुन्छ | यसमा कृष्णहरी बरालको दम्दार शब्द छ । त्यसमाथि गैरे शुरेशको त्यस्तै छ । अनी स्वरमा मैले न्याय गरेकी हुनाले ढुक्क छु मन पराउनुहुनेछ र माया दिनुहुनेछ भन्ने कुरामा|
अहिले दर्शकहरु चुज्जी हुनुभएको छ तसर्थ शङ्काबाट के पाउनुहुनेछ ?
– हरेक चिजमा नयाँ स्वाद पाउनुहुनेछ | साँचो माया गर्दागर्दै पनि शङ्का गर्दा कस्तो अवस्था सिर्जना हुन्छ भनेर प्रस्ट्याइएको छ यो एल्बममा ।
कहिले आइपुग्छ बजारमा शङ्का ?
– हामीले लगभग सबै काम सकिसकेका छौँ, यही असोज ताका आउँछ बजारमा |
अन्तीममा के भन्न चाहनुहुन्छ ?
– अब चाँडै आउँदैछ शङ्का | तपाईं चाहीँ ढुक्क हुनुहोस् । शङ्का नगरिदिनुस् । कस्तो चाहीँ होला भनेर एक पटक सुनेर सल्लाह सुझाव दिनुहोला । मेरो पहिलो प्रयास माया गरिदिनुस् । आगामी दिनमा अझ यो भन्दा राम्रो ल्याउनेछु । तपाईंहरुको माया र साथ दिनुहोला भन्न चाहन्छु |
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका