सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौं : एनआइसी एसिया बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २६ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि १.३७ प्रतिशत गरी जम्मा २७.३७ प्रतिशत लाभांस दिने भएको छ । गत वर्ष बैंकले १ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको शुक्रबार बिहान बसेको २७९औं सञ्चालक समितिको बैठकले लाभांस दिने घोषणा गरेको हो । नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति र एनआइसी बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै वितरण गरिने छ ।
बोनस सेयरका साथै बैंकले १५ प्रतिशत हकप्रद सेयर दिने निर्णयसमेत गरेको छ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ५६ करोड रुपैयाँ छ बोनस सेयर र हकप्रद सेयर वितरणपश्चात चुक्ता पुँजी ६ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ ।
०७४ असार मसान्तसम्ममा ८ अर्ब रुपैयाँ पुर्याउनका लागि बैंकलाई थप १ अर्ब ३८ करोड रुपैयाँ आवश्यक पर्ने देखिन्छ । त्यसका लागि बैंक मर्जर वा एक्वायरमा जानुपर्ने हुन्छ । साथै चालु आर्थिक वर्षको नाफाबाट दिने बोनसले राष्ट्र बैंकले तोकेको पुँजी पुर्याउने देखिन्छ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका