यस्तो ढुंगा, जसलाई फुटाउँदा रगत निस्किन्छ

भदौ १०, २०७३

एजेन्सी : पृथ्वीमा कैयौँ प्रकारका ढुंगा पाइन्छन् । तर सबै पत्थरको एउटा साझा विशेषता भनेको यी सबै निर्जिव वस्तु हुन् ।

तर कुनै पत्थर टुक्रिँदा वा त्यसलाई काट्दा सजिव प्राणीको शरीरबाट जस्तै रगत निस्किएको सुन्नुभएको छ ? सायद छैन होला । तर यो साँचो हो की यो पत्थरलाई फुटाउँदा केवल रगत निस्किने मात्र होइन की यो पत्थरको मासु समेत निकै महंगोमा बिक्रि भैरहेको छ ।

stone_bloodचिली तथा पेरुको समुद्री किनाराहरुमा यस्तो ढुंगा पाइन्छ । यो पथ्थरलाई एथगचब ऋजष्भिलकष्क नामले चिनिन्छ । जब यो पत्थरलाई फोडिन्छ तब यसभित्रबाट रगत निस्किन थाल्दछ । यो पत्थरभित्र मासु पनि हुन्छ । बाहिर निकै कडा देखिने यो पत्थर भित्र निकै नरम हुन्छ ।

समुद्रको गहिराइसम्मै पुगेर यो पत्थरको खोजी गर्दछन् मानिसहरु । कारण, यो पत्थरभित्रको मासु निकै महंगोमा बिक्रि हुन्छ दुनियाका विभिन्न देशमा । यो ढुंगाको मासु काँचै खान मन पराइन्छ ।

अाखिर ढुंगाबाट रगत आउन र ढुंगाभित्र मासु हुन सम्भव छ त ? कुनैपनि हालतमा छैन । वास्तवमा यो निर्जिव ढुंगा नभै एउटा सामुदि्रक जिव हो ।

जसले स्वास पनि फेर्दछ र खाना पनि खान्छ । यसले आफ्नो लिंग पनि बदल्छ र बच्चा पनि जन्माउँछ । तर यो देख्दा हुबहु ढुंगाजस्तै देखिन्छ । त्यसैले यो रगत आउने पत्थरको नामले चिनिन्छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको