काठमाडौंमा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस

काठमाडौं :जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेको छ । काठमाडौंका मेयरहरुसँग सोमबार भएको छलफलपछि थप १५ दिन निषेधाज्ञा आदेश थप गर्न सिफारिस भएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार यसलाई सीसीएमसीमा पठाएर निर्णय हुनेछ । यसका लागि भोलि मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नेछ ।उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लो पटक थप भएको अवधि २९ गते सकिंदैछ ।

एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौँ :यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ ।राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो ।

बाल्टीमोर गोलीकाण्डमा एक नेपालीको मृत्यु, एक घाइते

डिसी :मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भएको अन्धाधुन्ध गोली प्रहारमा परी एक नेपाली सहित ४ जनाको ज्यान गएको छ । स्थानीय समय अनुसार शनिबार बिहान साढे ६ बजे बाल्टिमोरको मुख्य शहर इनर हार्बर देखि ९ माइल उत्तरपश्चिममा भएको गोलीकाण्डमा संखुवासभा खादवारी न।पा।६, तल्लो पांठा निवासी करिब २५ वर्षीय सागर घिमिरेको ज्यान गएको हो ।

उक्त गोलीकाण्डमा ज्यान गुमाउनेमा घिमिरे सहित दुई स्पेनी नागरिक छन् । एकको प्रहरीले पहिचान खुलाएको छैन।
अध्ययनको सिलसिलमा अमेरिका आएका घिमिरे साउथ क्यारोलाइनाबाट स्नातक तहको दीक्षान्त सकेर एक साता अघि मात्रै बाल्टिमोर आएका थिए । केही समय बाल्टीमोरमा नै काम गरेर नेपाल फर्किने तयारीमा रहेका उनको गोली काण्डमा परी ज्यान गएको हो ।

उनी विश्वविद्यालयले विभिन्न विधामा दिने स्वर्णपदक विजेता विद्यार्धी समेत हुन् । उनी छात्रवृतिमा अध्ययनको लागि अमेरिका आएका थिए ।

उनको हत्याको बारेमा बाल्टिमोर काउन्टीका प्रहरी प्रवक्ता जोय स्टेवार्डले घटनाको १० मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा ५६ वर्षीय एभर्टनले अन्धाधुन्ध गोली चलाइरहेका थिए । प्रहरीले चलाएको गोलीबाट एभर्टनको पनि घटनास्थलमा नै मृत्यु भयो ।

एभर्टनले पहिले उक्त घरमा आगो लगाए, आगो लागेपछि बाहिर भाग्ने क्रममा घिमिरे लगायत ४ जनालाई उनको गोली लागेको थियो । घिमिरेसँगै सर्लाही स्थायी घर भएका श्याम अधिकारीलाई पनि गोली लागेको थियो ।

यूनिवर्सिटी अफ मेरील्यान्ड बाल्टिमोर ९२२ ग्रीनी स्ट्रीटमा०अस्‍पतालमा अधिकारीको उपचार भइरहेको छ । २६ वर्षीय अधिकारी न्यू मेक्सिकोबाट बाल्टिमोर आएका थिए ।

उक्त घटनाको नेपाली दूतावासले खेद प्रकट गरेको छ । अस्पतालमा उपचाररत अधिकारीलाई भेट्न महवाणिज्य दूत प्रेमराजा महत अस्पताल पुगिसकेका छन् भने राजदूत डा।युवराज खतिवडाले पनि यस घटनामा विशेष चासो देखाएको प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाले जानकारी दिए ।