अस्ताएका दोलखाका चम्किला तारा : पशुपति चौंलागाई

चारैतिर सन्नाटा छाएको छ । कोइलिको कुहु कुहु, न्याउलीको न्याउ, न्याउ र गौाथलीको चिरविर चिरविर……….. । दृष्यमा देखिन्छ । समाजनै मसानघाटमा परिणत हुदैछ । कोलाहल र चिच्याहट टाढा टाढाको सुनिन्छ । कहिकतै २०७२ सालको भुकम्प जस्तै प्रलयकारी, बिनाशकारी, मानव संहारकारी युगको पादुर्भाव हँने छैन ? रेडियो खोल्छु, टेलिभिजनमा नियाल्छु, फोन डाइल गर्छु एउटै र उस्तै त्रासादीपूर्ण दृष्य र घटना पाउँछु । मेरो मन मष्तिस्कमा प्रश्न उव्जिन्छ, के म चाँहि सुरक्षित छु त ?

नरसंहारको योजना बोकेको कालो बादल अत्यन्तै गतिले भूमण्डलमा मडारी रहेको छ तर मेरो शाशक त्यसलाई वेवास्था गरेर आफ्नै तानाबुना बनिरहेको छ । थाहा छैन कि त्यो मडारी रहेको कालो बादल मेरो मृत्युको कारण बन्छ भनेर । म पनि त कहाँ फरक छु र ङिच्च देखाउने सेता दाँतलाई एउटा सानो लफेटोले छोपेको त होनी । थाहा छैन म र मेरा भन्नेहरुलाई माथीबाट टिकट काटिसकेको छ भनेर ? नि यसरि नै वित्दै थिए ।

रातको ठिक १० बजेको रहेछ, फोनमा टिङ, टिङ घण्टी बज्छ, भावुक भएर, घुक्क–घुक्क गर्दै भन्छ, उ अब रहेन…………………….. अब म अर्ध बेहोस भएछु । अलिअलि थाहा छ, म लडिपल्टि गरेको । यो सुनेर मेरो जिवन संगिनी पनि भाव विह्वल भएको, चिच्याहट गरेको । अलि अलि होस छ, यो झुट झुट ………….. । खै के के भयो धेरै थाहा छैन । रातभरी के के गरियो, कसरी रात बित्यो । विस्तारै उठेर हिड्न खोज्छु, हँ म विपनामा त छु ? शरिर कम्पन भयो, शिर फिरिर हल्लियो, यसो फर्केर हेरेको त एउटा इतिहास तयार भएछ । आँखा मिच्दै पड्न थाले ।

कमरेड पशुपति माक्र्सबादी सिद्धान्त र पार्टी प्रति अत्यन्त निष्ठावान हुनुहुन्थ्यो । अग्रगमन र सम्बृद्धि प्राप्ती हुने कुरामा पूर्णरुपमा विश्वस्त हुनुहुन्थ्यो र जनता प्रति अपार विश्वास राख्नुहुन्थ्यो । वहाँ कष्टपूर्ण क्रान्तीकारी काममा जीवनभरीनै लागिरहने दृष्टिकोण राख्नुहुन्थ्यो । जस्तोसुकै दुख कष्ट र आपत विपतमा पनि लगातार जुधिरहनु हुन्थ्यो र आम जनतासंग घनिष्ट सम्वन्ध कायम गर्न तथा व्यावहार मिलाउन हरबखत प्रयत्नशिल रहनुहुन्थ्यो ।

पार्टी भित्र नयाँ नयाँ जटिलताहरु पैदा भएका छन् । अन्तरसंर्घसका समस्या चुलिएका छन्, पार्टी विभाजनका रेखाहरु कोरीएका छन् । यस्तो जटिल परिस्थितीमा कमरेड तपाँइको अवसान हुनु हाम्रो पार्टीको लागि मात्र नभएर नेपाली कम्युनिष्ट आन्दोलन र आम समाजबादी आन्दोलनको निम्ति ठूलो क्षती भएको छ । मानिसको जन्म पछि मृत्यु हुन्छ यो एउटा अनिवार्य घटना हो तर तपाँइको असामयिक मृत्युले सिङ्गो जनसमुदाय स्तव्ध भएको छ ।

जीवनभरी जनताको मुक्ति कार्यमा लागिरहनु र त्यही कामको दौरानमा आफ्नो जीवनलाई बलिदानी गर्नु अत्यन्त कष्टसाध्य र गौरवपूर्ण कुरा हो । त्यस्ता मृत्युहरु हिमालय पर्वत भन्दा गहकिला हुन्छन्, आज तपाँईले त्यही मृत्युवरण गर्नु भएको छ । पार्टीको कामलाई प्राथमिकतामा राख्ने तपाँइको प्रवृतिनै थियो ।

२०७५ साल जेठ २ गते पार्टी एकिकरण र सो पूर्व झन्डै दुइ तिहाईको सरकार गठन भएको सवाललाई आफ्नो लक्ष्य प्राप्ती मान्नुहुन्थ्यो । पार्टी एकिकरणको ३ वर्षमै तुसारापात भएको प्रति सन्तुष्टी थिएन । २०७७ पौष ५ को संसद विघठन प्रतिगमनको पाटो हो , यो समाजबाद प्राप्तीको निम्ति बाधक छ, यो कदमले नेकपा एमाले भित्रै गडवड गर्छ जसका संकेत वर्तमानमा देखिइरहेका छन् ।

अव सर्वोच्च अदालतले फैसला गरेका आधारमा उभिएर सुदृढ र एकिकृत एमाले निर्माण गर्नुपर्छ, यी तपाँइको मत थिए । कोरोनाको संक्रमणबाट ग्रसित अवस्थामा पनि अहिले सांसदहरुले राजिनामा दिनुहुन्न भन्ने तपाँइको मत थियो । तपाँइको सपना साकार त भयो तर विडम्बना आफ्नो माग पुरा भएको दृष्य देख्न पाउनु भएन । मानिसहरुद्धारा मानिस माथि शोषण गर्ने घातक चलनलाई समूल नष्ट गर्न र नेपाली समाजलाई सवै प्रकारको शोषण, अन्याय अत्याचार र अशान्तिबाट मुक्त भएको समाजबाद तथा साम्यवादको उच्च लक्ष्यमा पु¥याउने तपाँइको सपना थिए जुन सपनालाई अधुरै छाडेर सदाका निम्ति विदा हुनुभयो ।

तपाँइले देखेको सुन्दर सपनालाई साकार पार्न हामीले अझै निक्कै लामो बाटो तय गर्नु छ । त्यसका निम्ति थुप्रै काम गर्न बाँकी छ । तपाँइको निधनबाट समाजबादी आन्दोलनलाई ठूलो क्षती पुगेको छ । त्यसलाई पूर्णता गर्नका लागि हामीहरु यहाँको निधनबाट उत्पन्न दुखलाई क्रान्तिकारी शक्तीमा बदल्ने छौं । शोकलाई शक्तीमा बदल्ने छौं ।

यहाँको लामो र कठिनपूर्ण राजनितीक जीवनको गहिरो अध्ययन गर्दै, यहाँले गर्नुभएका अशल कामहरु, योगदानहरु र कृतिहरुको रक्षा गर्दै यहाँको वलिदानी भावनाले युक्त कम्युनिष्ट जीवनका उच्च आदर्शहरुबाट विनम्रतापूर्वक सिक्दै र त्यसबाट प्रेरणा लिएर यहाँको अधुरो सपनालाई साकार पार्न अझ थप जिम्मेवारीका भावनाका साथ अघि बढ्ने छौं । यहिनै हामी सवैको यहाँ प्रति सच्चा र वास्तविक श्रद्धान्जली हुनेछ ।

कमरेड पशुपति चौंलागाई अव हामी संग हुनु हुन्न तर यहाँका अमर कृतिहरु र योगदानहरु हामीसंगै छन् । यहाँको पार्थिब शरिर नरहे पनि यहाँका योगदान र आदर्शहरु सदा अम्मर रहनेछन् । हामीलाई अझ ठुला दुख, कष्ट र बाधा विघ्नहरुलाई पार गर्दे अघि वढ्न सँधै प्रेरणा प्रदान गरि रहनेछन् ।

गरिब किसान परिवारमा बुवा चन्द्र प्रसाद र माता भक्त मायाको पहिलो सन्तानको रुपमा २०१६ फाल्गुणमा जन्म भएको पशुपति चौंलागाईका ३ जना भाई र २ बहिनीको जन्म भएको थियो । पार्टी कामलाई प्राथमिकता दिने कारण ढिला विवाह गरेका कमरेडले सुनिता फुयाल संग वैवाहिक सम्बन्ध जोडेपछि ३ छोरी र १ छोराको जन्म भएको थियो । दैव कति निष्ठुरी रहेछ भाइ अल्पायुमानै जानु, आमासंग छिटै विछोड हुनु, पहिलो सन्तानको रुपमा जन्मिएकी छोरीको मरणको त कुरै नगारौं यो भन्दा दुखान्त, अवस्था त कुनैलाई नपर्ला ।

अस्पताल लैजाउ पैसा छैन, बाहिर हिडडुल गरौं, साथीभाई संग सम्बन्ध सम्पर्क गरौं विद्रोही पक्षबाट स्थानहद, बेचविखन गरौं पहाडको साना साना टुक्रा जग्गाले समस्या समाधान नहुने । उफ ! भाडा तिर्न नसकेर भक्तपुरमा घरवेटिले घरबाटै निकाली दिएको । कहिले कंही मानवता त हुन्छ होला नी तर देखिएन, छोरी जीवन र मृत्युको दोसाधमा छन्, घरबेटिले घरबाट निकालि दिए । लामो समयसम्म कोठा खोज्दै हिंडे भेटेनन् । सुस्केरा हाल्दै एक दिन मलाई भने साथी कहिले कंहि त जीवनको बारेमा कोसंग मन विसाउ, को संग मनको वह पोखौं । जीवन यस्तो पनि त रहेछ । भन्दै गय संसारमा दुष्ट मात्रै हैन रहेछ, भगवानसंग विस्वास त छैन, रहेछ भने मेरो लागि यो घरको साहु भगवान हो । उनले थप्दै गए, छोरीको अन्तिम अवस्था छ, गोजीमा पैसा छैन । दिन टार्ने, परिवार पाल्ने सामाग्री छैन । यो अवस्थामा अर्को डेराबाट यहाँ सरे । दुइ तीन दिन पछि मेरी छोरीको मृत्यु भयो । कोठामा २ भाई थियौं उनी कहिल्यै रुदैनथे । तर आज थाम्न सकेनन् दुवै ……… । मलाई त्यो क्षण सम्झदा लाग्छ इश्वर तँ कतै छस भने यस्तो भयङ्कर दुख कसैलाई नदे ।

गोजीमा पेसा हुँदैनथ्यो, विहानै आमाले पकाएको भात खाएर चरिकोट गए । तर आमा अलि स्वस्थ्य थिइनन् औषधी पनि ल्याउनु प¥यो । पार्टीको काम पनि गर्नु प¥यो । बस चढेर गए, आमा बचाउने औषधी किन्दै थिए, पार्टी कार्यालयको काम बाँकी नै थियो । फोन थिएन, मोवाइन थिएन, गाँउबाट मानिस दौडेर पुग्यो र भन्यो दाइ आमा त ……. ।

हामी सागरमा थियौं । लास चिटामा चढाएका थिएनौ । उस्लाई पर्खिएका थियौं । टाढैबाट चिच्चाहट आयो आमा ……!! उ थामिन सकेन । आमालाई अँगाले हाल्यो र चुम्मन ग¥यो मेरी आमा …. !! विहान भात खुवाएकी आमा अव उसको साथ थिइनन् । यी सवै उसका वियोगान्त, मर्माहत घटना थिए । यी सवै घटना उसका गरीविसंग सम्बन्धित थिए ।

२०५६ मा दोलखा जिल्लाको क्षेत्र नं. १ बाट अत्याधिक मत प्राप्त गरि विजयी हुन अत्यन्तै कठिन र चुनौति थियो । एकातिर पार्टि फुट र विभाजनको कारण र अर्को तिर माओवादी शशस्त्र विद्रोहको प्रभाव । त्यसैगरी उ माथि लागेका आक्षेपहरु कम चोटिला थिएनन् । घेटेराको छोरो पैसा नहुने, ………………आदी आदी जस्ता गैह्र राजनितिक कुराहरु चिया गफमा मात्र होइन पार्टिको बैठकमा समेत छलफलका बिषय र एजेण्डा नबनेका होइनन् । तर उसमा बिष पचाउने क्षमता थियो । आखिर टिकट प्राप्त नभए पनि २०७० मा समानुपातिकको तर्फबाट सांसद भयो ।

२०७४ को निर्वाचन उस्कोे निम्ति चुनौतिपूर्ण थियो । संघिय टिकट प्राप्त गर्ने अवसर थियो । सबैको अड्कल र सम्भावित व्यक्ति उहि थियो । तर नवौं महाधिवेशनमा (भृकुटिमा) अर्को तर्फ मतदान नगरेकोले आरोपित थियौं । सायद त्यसैको बदला हुन सक्छ, झण्डै झण्डै प्रदेशको उम्मेदवारी समेत नपाउने वातावरण सिर्जना भयो । उ माथि भएको क्रृर अन्याय सबैले महशुस गर्दैनन् र स्वीकार्दैनन् होला, एउटै गाडिमा जिल्लामा फर्कदाँको अवस्था मलाई अहिल जस्तो लाग्छ । सायद उस्कोे ठाउँमा अरु कोहि भएको भए पार्टिमा विद्रोह र ठुलै हलचल पैदा गर्थेहोला ।

प्रदेशको टिकट मलाईm हैन लाल कुमार दाइलाई भन्दा उसको त कुरै नउठाउ उसमा बारेमा सुन्नै चाहदैनन भन्ने जवाफ जिम्मेवार नेताहरुको फोनको आवाज सुन्ने म आफैं साक्षी छु । मित्र तिमि धर्ति थियौं तर सबैले बुझ्न सकेनन् । प्रदेश सांसद चुनौतिपूर्ण ढंगले जित्यौं । पार्टिमा जिवनभर तिम्रो साथ दिने व्यक्ति तिम्रो साथ थिएन । उ आफ्नो अस्तित्व रक्षा भनेर विपक्षमा उभिएको थियो । जे भए पनि तिमिले विजय प्राप्त ग¥यौं । तर त्यसपछिका दिनहरु तिम्रा लागि पूर्णिमाका दिनहरु थिएनन् । कसैले गिज्याए, पहिलो हुने व्यक्ति चौथो पाँचौमा पुग्यो । विभिन्न कार्यक्रमहरु भए तिमिलाई निम्तो भएन । लाग्छ तिमी भिखारी भैसकेका थियौं, सांसदको तक्मा त भि¥यौं तानी त्यसप्रति आफ्ना आफन्तहरुले समेत वाणरुपि बचनले छेदन गर्न नखोजेको होइन ।

सिंगो जिवन समाज परिर्वतनकै खातिर सर्मपण गरेको हो । यो धर्तिमा रहुनजेल आफ्नो बनाएनौं, संस्थागत बनायौं, संस्था निर्माण गर्न व्यक्तिवादी बनेनौं, सामुहिकतामा बिश्वास ग¥यौं, अन्तत एक्लो वृहस्पति जस्तो होकी भन्ने परिदृष्य देखाउन र प्रमाणित गर्न भरपुर प्रयत्न नगरिएमको होइन । तर तिम्रा शुभचिन्तकहरु, प्रिय पात्रहरु, तिम्रा शिष्यहरु, दशकौं लगानी गरका जनताहरुको माया अनन्तसम्म पाइरहनेछौ । समाज रुपान्तरण गर्ने खाका सबै संग हुँदैन । अहिले पनि तिम्रा डाइरीहरु पल्टाएर हर्ने हो भने दर्जनौं योजनाहरु भेटिन्छन ।

तिमि राजनितिक नेता मात्र नभई सामाजिक एवं विकास निर्माणको भिजनरी नेता पनि हौं । आफ्नो कार्यक्षेत्रमा थुप्रै कार्यहरु सम्पादन भएका छन त कतिले पर्खेर बसेका छन । अधुरा र आश्वासन प्राप्त कार्यहरुले तिम्रै बाटो हेरिरहेका छन । बिचरा के थाहा तिनीहरुलाई तिमि नर्फकिने बाटो गयौं भनेर । आर्थिक र सामाजिक रुपले जर्जर भएको समाजलाई बदल्न तिमिले माक्र्सबादी दर्शनलाई कार्यरुप दिन आफैले आर्जन गरेको सानो अंश बचत गरेर ठुलो धनराशी निर्माण गरि सो को उपयोग आफैले गरेर आर्थिक समस्या समाभान गरि समृद्ध बन्ने जस्तो पवित्र कार्यक्रम अंगालेको सहकारी अभियानलाई अंगिकार ग¥यौं ।

यसरी आफु पनि सहकारीमा आबद्ध भई अरुलाई पनि सहभागी र आवद्ध हुने र गराउने कार्यक्रमका निम्ति पार्टिले सहकारी विभाग निर्माण गरि त्यसको इन्र्चाजको जिम्मेवारी दिएको थियो । सरकारले अबलम्बन गरेको ३ खम्बे अर्थनीतिमा सहकारीलाई आर्थिक समृद्धिको एउटा महत्वपूर्ण खम्बा स्वीकार गरेकोले यसको ऐन, नीति निर्माणमा समेत तिम्रो भूमिका अहंम थियो । दोलखा तिम्रो जन्मभूमि यो राजनितिक, सामाजिक, भौगोलिक विविद्यताले बनेको छ । यहाँ फरक फरक भाषा, धर्म, संस्कृति तथा वातावरणीय रहन सहन छ ।

मलाई लाग्छ, तिमि जनताका हरेक झुपडिमा पुगेका छौ, धरै मानिसले माया ममता र आदर सत्कार गर्ने मानिसहरु सायदै कम हुन्छन । विपक्ष हरुले स्वीकार गर्ने मानिसहरु पनि विल्कुल थोरै हुन्छन । आफ्नो प्रतिसपर्धीलाई लगभग निमिट्यान्न पार्ने, अस्वीकार गर्ने, बैगुनी देखाउने र विरोधिको संज्ञा दिने यहाँ मात्र हैन संसारको प्रचलन नै देखिन्छ । तर तिमि अपवादमा परेका छौं, तिमिलाई म पछिको नेता हो भनेर नेपालि काँग्रेसका भद्र नेता भीम बहादुर तामाङले भनेका थिए । सशत्र युद्ध गरेर आएका माओवादी नेताहरुले समेत दोलखामा हामीले मान्ने, आदर गर्ने, विश्वास गर्ने, भर पर्ने, अझैं हाम्रो अभिभावक जस्तै लाग्छ भनेर भनेको सुनिन्छ ।

अन्य राजनितिक दलका नेता तथा कार्यकर्ताहरुले पनि तिम्रो उपस्थिती र उचाइलाई कहिँ कतै अनादर गरेको भेटिदैन, यसको अर्थ सिंगो दोलखा बासीले तिमि प्रति सद्भाव राखी अभिभावक स्वीकारेको देखिन्छ । गरिब किसान परिवारमा जन्मिएको समस्यै समस्याले घेरिएको मेरो पुरानो वालसखा स्वार्थ, दाउपेच र खिचातानीमा अल्झिएको वर्तमान राजनितीक अवस्थामा कोरोना संक्रमित भएर उपचारार्थ बाच्ने अभिलाषा लिएर अस्पतालको शैयमा आफ्नो जीवन मरण लडाँइ लडी रहेको थियो । उसलाई लागेको थियो म रोगबाट मुक्ती पाउँछु ।

अस्पतालको वेडबाट मसंग मेसेन्जर मार्फत कुरा भैरहेको थियो । २०७८/०१/२४ “नमस्ते, अलि जटिल पो भयो, ज्वरो १०२, अक्सिजन लेबल ९२ भन्दा बढेन, प्रेसर त झन ८०/५० मा झ¥यो । शरीरको दुखाइ बढ्यो, शरीर यति शिथिल छ कि सामान्य गतिविधि गर्न पनि नसकिने, कान वन्द होला जस्तो, आँखामा पनि समस्या, हेरौं डाक्टरहरु लागिरहनु भएको , सुधार होला ।” २०७८/०१/२५ “उस्तै छ ।” २०७८/०१/२६ “कमजोरी धेरै, प्रेसर १००/७०, ज्वारो नियन्त्रण छ, अक्सिजन को मात्रा ९२/९४, खाना मन नलाग्ने, आँखा दुख्ने र कानमा पनि समस्या छ । तर सुधार होला ।” अस्पताल भर्ना भएपछि म्यासेन्जरबाट प्राप्त सुचना म सँग यिनै थिए । २४ गतेको भन्दा २६ गतेको स्वास्थ्य अवस्था सुधार र आशालाग्दो देखिन्थ्यो । तर २८ गते उहाँको निधन भयो ।

निष्ठा र आदर्शको राजनीति गर्ने व्यक्ति, शालिन, धैर्यशिल, इमान्दारी, स्वाभीमानी जस्ता मूल्यहरुको विम्ब, कुशल राजनतिज्ञ, आशा र भरोशाका केन्द्र, हिजो मेरो बाल्यकालको आत्मिय साथी, आजको मेरो प्रिय नेता, मेरो अभिभावक, जीवनभर साथ छोड्न नसकेको आदरणीय दाई पशुपति चौंलागाई जिवनको कठोर र चुनौतीपूर्ण अवस्थामा कहाली लाग्दा लडाँइ जित्यौ तर पापिष्ट कोरोनालाई परास्त गर्न सकेनौ । हामी सबैलाई भौतिक रुपले टुहुरो र अभिभावक विहिन बनाएर कहिल्यै नफर्कने गरी गयौ । अमर र अजर छौ । “दोलखाको चम्किला तारा” भएर चम्किरहने छौ । यस दुखद घडिमा अन्तिम श्रदा सुमन अर्पन गर्दछु । र शोकमा डुबेका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । तपाँइको निष्ठा, इमान्दारिता र आदर्शलाई आत्मासात गर्दै तपाँइले देखेका स्वर्ण सपनाहरु पुरा गर्न, अधुरा र अपुरा कार्यहरु पुरा गर्न लागि रहने प्रण पनि गर्दछु । सधैका लागि विदा कमरेड !! लाल सलाम !!

एकै दिन ८८५० जनामा कोरोना भाइरस संक्रमण :८८ जनाको मृत्यु

काठमाडौं :पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । तर विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएको र सरकारी तथ्यांकमा समावेश नभएका २६ जना रहेका मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए । योसमेत गणना गर्दा आइतबार मृतक संख्या ८८ रहेको छ ।

आइतबार देशभर गरी ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८१ हजार ४३० जना होम आइसोलेसनमा र ६ हजार ७३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

पूर्वसचिव रेग्मी लोक सेवा आयोगको अध्यक्षमा सिफारिस

काठमाडौं :पूर्वसचिव माधवप्रसाद रेग्मी लोक सेवा आयोगको अध्यक्षमा सिफारिस हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार (आज) बिहान बसेको संवैधानिक परिषद्को बैठकले रेग्मीलाई लोक सेवा आयोगको अध्यक्षमा सिफारिस गरेको हो ।

आजको बैठकमा सभामुख अग्नि सापकोटा र प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित नभए पनि संवैधानिक परिषद्का अध्यक्षसमेत रहने प्रधानमन्त्री कपी शर्मा ओली, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बैठकले नियुक्ति सिफारिस गरेको हो । परिषद्ले अन्य कैयौँ नियुक्ति गरेको पनि तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले संसद् छलेर स्वेच्छाचारी रूपमा अध्यादेश ल्याएको र संवैधानिक परिषद्को बैठक बोलाएको भन्दै सभामुख सापकोटा यसअघिको बैठकमा पनि सहभागी हुनुभएको थिएन । पछिल्लो पटक वैशाख २१ गते जारी भएको अध्यादेशमा अध्यक्ष र तीन सदस्य अर्थात् चार जना उपस्थित भएमा गणपूरक सङ्ख्या पुग्ने व्यवस्थालाई परिवर्तन गरी तीन जना मात्र भए निर्णय वैध हुने व्यवस्था नयाँ अध्यादेशमा छ ।

परिषदमा प्रधानमन्त्री अध्यक्ष तथा सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्ष दलका नेता सदस्य रहने संवैधानिक व्यवस्था छ । अहिले उपसभामुखको पद रिक्त छ । प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्ष बैठकमा सहभागी भए नयाँ अध्यादेशअनुसार कोरम पुग्ने गरी ओली सरकारले अध्यादेश ल्याएको हो ।

जन्मदिनमा गुञ्जिए प्रज्ञामा अनिताका कविताहरु

बुवा ! म कहिल्यै ठुली भइनँ
ठुली हुन पनि जानिनँ
काँधमा बुई चढाएर स्कुल गएको
काँधमा ऋण बढाएर कलेज गएको
काँधको हड्डी खियाएर जीवन जिएको
तिमीभन्दा स्पात अरु केही थिएन
तिमीभन्दा ठुलो अरु केही हुनै दिइनँ ।

मंगलबार राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अनिता लामाका यस्तै कविताहरुले गुञ्जायमान देखियो । जेसुम अभियानद्वारा आयोजित एकल कविता वाचनको शुरुवात जन्मदिनकै अवसरमा भएकाले आमा र बुबामा समर्पित गरेर दुई छोटा कविता ‘दियो’ र ‘बुबा’बाट गरेकी थिइन् । सामाजिक र राजनीतिक विषयमा चोटिला कविताहरु लेखिरहने अनिता लामाका ‘समर्पण’, ‘अर्पण’ र ‘आतुङ’ गरि ३ वटा कविता संग्रह बजारमा आईसकेको छ ।

‘अनिताको आवाज’ शिर्षकको एकल कविता बाचन कार्यक्रममा समसायिक राजनीतिक–सामाजिक चेतका कवितामात्रै सुनाइनन्, लोप हुँदै गइरहेको परम्परागत नेपाली सांस्कृतिक सम्पदा, ज्ञान र अभ्यासप्रति चिन्ता समेत जाहेर गरिन् कवितामार्फत । कार्यक्रममा कवयित्री लामाले ‘दियो’, ‘ओछ्यान’, ‘पसिना’, ‘जुत्ता’, ‘विर्खबहादुर माझी’, ‘योद्धा’, ‘ओ एमाले’, ‘प्रसाद’, ‘मुसरिया’ लगायतका विभिन्न शिर्षकका डेढ दर्जनभन्दा बढि लामो तथा छोटा कविताहरु सुनाएकी थिईन्। उनका ‘माइलस्टोन’, ‘घुम्टो’, ‘पसल’, ‘स्पन्दन’, ‘फूल’, ‘बलिदान’, ‘ओछ्यान’, ‘प्रेम’, जस्ता छोटा कविता निकै चोटिला थिए ।

अनिताका कविता सुनेपछि हालै आत्मकथा कृति ल्याएकी प्रधानमन्त्री पत्नी राधिका शाक्यले शुभकामना दिँदै भनिन्, ‘अनिताको कविता लेखनबारे मलाई राम्रोसँग थाहा छ । उनको साहित्यिक लेखन कविताबाट अन्य विधामा पनि फड्को मारेको हेर्न चाहन्छु ।’ नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले एक दशकअघि कवि अनिताको कृति विमोचन गरेको सन्दर्भ सम्झे । ‘कवि अनिता हामी बाँचिरहेको समयको आवाज हुन् । उहाँका कविताहरूले समसामयिक विषयवस्तुका अलवा समय, सम्यता र संस्कृतिको वकालत गरेका छन् । उहाँ एक अब्बल कवि हुनुहुन्छ भन्ने कुरा आज वाचित कविताहरूले पुष्टि गरेका छन् ।’

कवि अनितालाई अर्का कविहरू स्नेह सायमि, शशी लुमुम्बू, सुरेश हाचेकाली र फूलमान वलले एक एक ओटा कविता वाचन गरेर साथ दिएका थिए । जन्मदिनको समेत अवसर पारिएको कार्यक्रममा कवि अनितालाई बुबा कान्छा लामा, आमा माया लामा र दिदी एवं वाग्मती प्रदेश सांसद सीता लामाले तामाङ परम्परा अनुसार टोटलाको फूलको टिका लगाइदिएर शुभकामना दिएका थिए । कार्यक्रममा ९५ बर्षका ज्येष्ठ कवि हर्ष स्याङ्बोको समेत उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन कवि अस्मिता मालीले गरेकी थिइन् ।

चलचित्र ‘अटिजम’को च्यारिटी शो सम्पन्न : सिम्पल आर्ट्सद्वारा स्रष्टाहरु सम्मानित

नेपाली चलचित्र क्षेत्रमा चलचित्र निर्माणका कार्यहरु धमाधम भईरहेपनि चलचित्रको बजार अहिले सुस्ताईरहेको अवस्था छ । व्यवसायिक र मनोरञ्जनाक चलचित्रहरु निर्माण भईरहने नेपाली चलचित्रको बजारभन्दा फरक विषयवस्तुमा बनेको सन्देशमुलक चलचित्र “अटिजम”को पहिलो प्रदर्शन (च्यारिटी शो) शनिबार लाजिम्पाटको होटल लि हिमालयमा सम्पन्न भएको छ । सिम्पल आर्ट्सको आफ्नो २३ औं वार्षिकोत्सव तथा सम्मान कार्यक्रमको अवसर पारेर यस चलचित्रको पहिलो पर्दशन गरिएको हो ।

चलचित्रको च्यारिटी शो सँगसँगै वार्षिक रुपमा विभिन्न सर्जकहरुलाई सम्मान गर्दै आएको सिम्पल आर्ट्सले यस वर्ष कलाकार सुशिल पोख्रेल, संगीतकार नरहरी प्रेमी, लोकगायिका रामदेवी गुरुङ, साहित्यकार अशोक घिमिरे र समाजसेवी शोभित उप्रेती लगायत पाँच विधाका पाँच स्रष्टालाई सम्मान गरेको थियो । कार्यक्रममा समाजसेवी उप्रेती भने विशेष कारणवश सहभागी भएनन् ।

रिच भिजन प्रा. लि.द्धारा निमार्ण भएको यस चलचित्रको निर्देशन संगीतकार तथा निर्देशक केशव रेग्मी (सान्दाइ)ले गरेका छन । चलचित्र निर्माण गर्ने शिलशिलामा आफुले नेतृत्वको भुमिका मात्र निर्वाह गरेको र अन्य धेरै व्यक्तिहरुको साथ, सहयोग र सक्रियतामा चलचित्र अटिजम तयार भएको निर्देशक रेग्मीले बताए । साहित्यिक पत्रकार निबन्ध आचार्यको प्रस्तुतीमा बनेको उक्त चलचित्र अटिजमग्रस्त सम्मान आचार्यको विषयवस्तुमा तयार भएको हो ।

कलाकार तथा पटकथाकार बिक्रम श्रेष्ठले चलचित्र अटिजम निर्माणको प्रसंग र निर्माणको दौरानमा सिर्जना भएका चुनौतीलाई मञ्चबाट व्यक्त गरेका थिए । उनले आगामी दिनमा अटिजमकै टीमले २ वटा आशामुलक चलचित्र निर्माण गर्न लागेको र अहिले स्क्रिप्टमा काम भईरहेको कुरा पनि खुलाए ।

करिब २ घण्टा लामो चलचित्रमा समाजमा अटिजम भएका बालबालिका वा व्यक्तिको फरक किसिमको व्यवहारलाई अनेक किसिमले नाम दिएर दुव्र्यवहार गर्ने गरेको तथ्यलाई उजागर गर्ने प्रयास गरिएको छ । अटिजम एउटा रोग नभएर एउटा अवस्था हो भन्ने सन्देश दिन खोजिएको छ । अटिजम भएका व्यक्तिहरुलाई घर, परिवार र समाजले हेर्ने मानसिकता र दृष्टिकोणलाई परिवर्तन गर्न सक्ने हैसियत चलचित्रले राखेको छ ।

समग्र चलचित्र हेरिरहँदा यसले शारिरीक रुपमा मात्र अटिजम भएका व्यक्तिलाई मात्र नभई परिस्थिति र मनस्थितिले पनि मानिस अटिजमको सिकार बन्न सक्छन् भन्ने कुरालाई स्पष्ट पार्न खोजिएको छ । चलचित्रमा केहि प्राविधिक त्रुटीहरु भएतापनि यो सन्देशमुलक मात्र नभएर मनोरञ्जनात्मक चलचित्रको रुपमा समेत पाउन सकिन्छ ।

सयौँ चलचित्रमा काम गरिसकेका कलाकार सुशिल पोख्रेलले आफु सामाजिक कथावस्तुको चलचित्रमा काम गर्न पाउँदा खुशी व्यक्त गरे । चलचित्र अटिजममा मानिसमा शारिरिक रुपमा मात्र अटिजम हुने हैन मानसिक रुपमा अटिजम हुने कुरालाई देखाईनुले अत्यन्तै सन्देशमुलक भएको कलाकार अभय बरालले प्रतिक्रिया दिए ।

सम्मानकै मुख्य भुमिकामा कथावस्तु रहेको चलचित्र अटिजममा प्रतिक र सृष्टी को मुख्य भुमिका रहेको छ भने सुशिल पोख्रेल, सुस्मा कार्की, बिक्रम श्रेष्ठ (सागर), करुना पोख्रेल, डा. राम प्रसाद ज्ञावली, श्रद्धा कोईराला, गंगा पौडेल, पुण्यराज पुडासैनी, सौरब ढकाल, शंकर भारती, बिष्णु बहादुर सिंह, बिजय कट्टेल, अशिम कार्की, मृदुल कोईराला, रबी खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

अटिजम एउटा बालबालिकामा देखा पर्ने रोग हो । अटिजम एक प्रकारको न्युरो डेभलोपमेन्ट डिसअर्डर हो । यसमा बालबालिकाहरु सामान्य बालबालिकासरह गतिबिधि देखाउन असक्षम हुन्छन् भने केही अस्वभाविक गतिविधि देखाउने गर्छन् । यो नेपालमा मात्र नभई विश्वभर फैलिँदै गएको हुनाले यसै विषयवस्तुमा केन्द्रित भई फिल्म निर्माण गरेको निबन्ध आचार्यले बताए । कोरोना भाइरस (कोभिड १९) का कारण चलचित्र प्रदर्शन रोकिएको थियो ।

“दल र देश”को भिडियो सार्वजनिक : राजनितिक विकृतिमाथि कडा प्रहार

यतिबेला देश राजनीतिक भुमरीमा फसेको छ । दलहरूकै किचलोको कारण सिङ्गो देशलाई नै असर पारिरहेको सन्दर्भमा तयार गरिएको दल र देश गीतको भिडियो सार्वजनिक भएको छ । राजा खतिवडाको शब्द तथा संगीत रहेको गीतमा ओम सुनारले संगीत संयोजन गरेका छन् । राजा खतिवडा र लक्ष्मी नारायण सुनुवारको स्वर रहेको गीतको भिडियोमा भने राजा र लक्ष्मीको साथै सृजना घिमिरे, समृद्धि सिलवाल, नारायण घिमिरे, मोहन श्रेष्ठ, नरेन भट्टराई, सुवास सिलवाल, मान बहादुर थापा, श्याम राईलगायतका कलाकारहरुको अभिनय रहेको छ ।


भिडियोको छायांकन नारायण जि.सी. ले गरेका हुन् भने सम्पादन राकेश दाहालले गरेका छन् । सञ्चारकर्मी तथा रंगकर्मी मोहन अभिलाषीको परिकल्पना तथा निर्देशनमा बनेको भिडियोमा एउटा विद्यालयमा हुने चरम राजनितिकरणलाई प्रस्तुत गरिएको छ । शिक्षहरु नै पढाउन छोडेर दलको झण्डा बोक्दै हिँड्ने तथा विद्यार्थीहरुलाई पनि जबरजस्ती दलको झण्डा बोकाउने प्रवृत्तिमामाथि कडा प्रहार गरिएको छ ।

एउटा मार्मिक दृश्यबाट कथावस्तु सुरु भएर सन्देशमुलक तथा राष्ट्रियताको भावनामा अन्त्य गरिएको छ । द्वन्द्वकालमा आफ्नो श्रीमान् गुमाएपछि छोराछोरीले गर्ने प्रश्नको उत्तर दिन नाजवाफ बनेकी आमाको रोदनात्क दृश्यबाट कथा सुरु हुन्छ । विद्यालय जाँदै गर्दा राजनितिक दलको आन्दोलन तथा खिचातानीले १ महिनासम्म विद्यालय बन्दहुँदा राजनितिले विद्यार्थीहरुमा पारेका प्रभावलाई देखाउन खोजिएको छ । विद्यार्थी र शिक्षकको प्रश्नोत्तर शैलीमा गीत सुरु हुन्छ । एकएक गरी विद्यार्थीहरु उठेर शिक्षकलाई प्रश्न गर्न थाल्छन् र शिक्षकले उत्तर दिने प्रयास गर्छन् ।


राजनितिक कार्यकर्ताहरु विद्यालयमा छिरेर विद्यार्थीहरुलाई राजनितिक कार्यक्रममा लैजाने, विद्यार्थी संगठन विस्तारको नाममा राजनिति नबुझेका विद्यार्थीहरुलाई जबरजस्ती संगठन बनाउनदेखि शिक्षक कोठामा तालाबन्दी गर्ने तथा आन्दोलनमा उक्साउनेजस्ता कार्यहरु गर्न थाल्छन् । अन्तीममा विद्यार्थीहरुले नै राजनितिक पार्टीहरुको झण्डा हटाएर विद्यालयमा राजनिति बन्द गरौँ जस्ता विभिन्न पम्पलेटहरु टाल्छन् र विद्यालयलाई राजनितिमुक्त बनाउने प्रयास गर्छन् । राजनितिले बच्चाहरुको मनोविज्ञानमा पारेको प्रभावलाई स्पष्ट रुपमा उतार्ने प्रयास गरिएको छ ।


विद्यार्थीहरुले फालेका झण्डा, उप्काएका पोष्टर पम्पलेटहरु तथा फोहोरहरु विद्यालयका कार्यालय सहयोगीले संकलन गरेर जलाइएका दृश्यहरुले गीतलाई विवादास्पद बनाउने देखिएतापनि गीतले राष्ट्रियताको पक्षमा बोलेको छ । बजारमा आईरहेका अन्य गीतभन्दा फरक स्वाद रहेको गीतलाई दर्शकले कतिको रुचाउँछन् केहि समय प्रतिक्षा गर्नैपर्ने हुन्छ ।

हेर्नुहोस् भिडियो :

सर्लाहीमा बस दुर्घटना २ जनाको मृत्यु, १७ घाइते

facebook sharing button
twitter sharing button

काठमाडौं :सर्लाहीको हरिवन नगरपालिका–४ मा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस बिहीबार बिहान चार बजे दुर्घटना भएको हो ।

दुर्घटनामा दुई जना महिलाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी एवम् प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

स्काउटिङभित्रको तथ्यपरक चिरफार : ‘स्कार्फ’ – राजिब खत्री

डायनामिक स्काउट क्र्यूको चौथो वार्षिक उत्सवको अवसरमा पत्रकार एवम् स्काउट लिडर राजिब खत्रीको स्कार्फ नामक नियात्रा संङग्रह विमोचन गरिएको छ । युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङ्गको प्रमुख आतिथ्यतामा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेल तथा साहित्यकारहरु राधेश्याम लेकाली, युवराज नयाँघरे, लाइन्स क्लबका गभर्नर टंक श्रेष्ठ, स्काउट लिडरहरु डा. रविन्द्र प्रसाद पाण्डे, रविन दाहाल, अनन्तप्रसाद भेटुवाल, चन्दन कौसिक लगायतको उपस्थितिमा विमोचन गरिएको हो ।

युवा तथा खेलकुद मन्त्री तामाङले खेलकुद र युवा उत्थानका लागि आफ्नो प्रयास सुरु हुने बताएका छन् । राजनीतिक संकटका बेला आफूले जिम्मेवारी पाएको बताउँदै खेलकूद र युवाका लागि विशेष कार्यक्रम ल्याउन आफू सक्रिय बन्ने उल्लेख गरेका छन् । उहाँले स्काउटमा देखिएका समस्या समाधान गर्दैै नेपाल स्काउटको विकासमा योगदान पुर्याउने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले स्काउटले मानवलाई नै अनुशासनमा राख्ने उल्लेख गर्नुभयो । खत्रीको पुस्तकमा स्काउटसंगै देश, भाषा, संस्कृत र विभिन्न समाजलाई जिवन्त पढ्न सकिने बताएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष लेकालीले शुभकामना मन्तव्य व्यक्त गर्दै यात्रा साहित्य अहिले सबैभन्दा पढिने विधा भएको हुँदा यो कृतिले नेपाली पर्यटनका धेरै नदेखिने पक्ष समेटेको हुनाले अन्तर्राष्ट्रियस्तरमा यो विशेष कृतिका रुपमा जान सक्ने विचार पोखे ।

कृतिको समीक्षा गर्दै नियात्राकार युवराज नयाँघरेले स्काउट र यात्रा अनि विभिन्न संस्कृतिको प्रचार प्रसारमा यो कृतिले अहम् भूमिका खेल्ने धारण व्यक्त गरे । स्काउट लिडर रविन्द्र प्रसाद पाण्डेले स्काउटिङ भित्रको तथ्यपरक चिरफार गरेको भन्दै स्काउटिङको क्षेत्रमा यो कृति कोषेढुङ्गा सावित हुने विश्वस व्यक्त गरे ।
अर्का स्काउट लिडर अनन्त प्रसाद भेटुवालले स्काउटिङ इतिहास कै संकटको मोडमा पुगेको बताएका छन् । गलत नेतृत्वका कारण स्काउटमा राजनीति हावी भएको भन्दै चिन्ता व्यक्त गरे ।

तीनकुने स्थित भिएस निकेतन स्कुलमा आयोजित कार्यक्रकमा उपस्थितिहरुले स्काउटीङ प्राविधिक कुरा भएकाले यस विषयमा बुझन यो पुस्तक महत्वपूर्ण हुने बताएका थिए ।
१४ वटा निबन्ध संग्रहित पुस्तकका लेखक खत्रीको यो पहिलो कृति हो । यस कृति बाहेक लेखकका प्रशस्त फुटकर रचना प्रकाशित भइरहेका छन् ।

सर्वोकृष्ट काँठे गीतको अवार्ड शरण हुमागाईंको पोल्टामा

नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० मा नेपाली मुल भाषा अन्तगर्त पप र आधुनिक र लोक दोहोरी तर्फ उत्कृष्ट स्वर, संगीत, शव्द र भिडियो रहेका थिए । त्यसै गरी नव गायक गायिका र मोडलहरु समेत रहेका थिए । गजल र स्वदेश गीतमा भने उत्कृष्ट शब्दको आधारमा अवार्ड प्रदान गरिएको छ । यसैबीच हाँस्ने खेल्ने निरकमल बोलको काँठे गीतबाट प्रतिष्पर्धामा रहेका काभ्रे प्रवाह साप्ताहिकका प्रकाशक/सम्पादक, सञ्चारकर्मी तथा लोक दोहोरी गायक शरणप्रसाद हुमागाईंले सर्वोकृष्ट काँठे गीतबाट अवार्ड हात पारेका छन् ।

काठमाडौं/नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्यूज म्युजिक अवार्ड २०२० सम्पन्न भएको छ । नेपाल भित्र छरिएर रहेका विविध भाषामा तयार भएका गीत संगीतहरुको प्रवद्र्धनमा सहयोग पु¥याउने उदेश्यले विगत तीन वर्ष देखि यस अवार्डको आयोजना हुँदै आएको छ । नेशनल पावर न्यूज म्यूजिक अवार्ड–२०२० को नेपाली मुलभाषा अन्तर्गत (स्वदेशगान, गजल, आधुनिक, पप, र लोकदोहोरी, मौलिक लोक गीत) ६ विधा सहित नेपालमा बोलिने विभिन्न राष्ट्रिय भाषाहरुमा नेपाल भाषा, देउडा, तामाङ, सेलो, काँठे, राई, थारु, सतार (सन्थाली), लिम्बु, सुनुवार, भोजपुरी र मैथली, लगायत भाषाको उत्कृष्ट छनौट गरी ५१ वटा विधामा अवार्ड वितरण तथा सम्मान गरिएको हो ।

यसै गरी अवार्ड कार्यक्रममा रातोपाटीकर्मी एवं रंगपत्रकार कुबेर गिरीलाई रंगपत्रकारिता पुरस्कार प्रदान गरिनुका साथै नवक्षितिज साप्ताहिक काभ्रेका पत्रकार नवराज बजगाईलाई यूवा पत्रकारिता सम्मान प्रदान गरियो । गत वर्ष चैत्र महिनामा सम्पन्न हुनुपर्ने उक्त अवार्ड कार्यक्रम कोरोनाका कारणले रोकिएको थियो । झण्डै १ वर्षको प्रतिक्षा पछि सामाजिक दुरी कायम गर्दै अवार्ड कार्यक्रम सम्पन्न गरिएको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीको टोली काठमाण्डौ आइपुग्यो

काठमाण्डौ – चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्रीसहितको टोली आइतबार (आज) नेपाल आएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा राजनीतिक सङ्कट गहिरिँदै गएका बेला चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वको टोली काठमाण्डौ आएको हो ।

उपमन्त्रीको टोली बेइजिङबाट छङ्तुको बाटो हुँदै दिउँसो काठमाण्डौ आइपुगेको हो । चिनियाँ उच्च तहका नेताको नेतृत्वमा एक टोली दिउँसो सवा एक बजेतिर एअर चाइनाको चार्टड जहाजमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएको स्रोतले जनाएको छ ।

चिनियाँ टोलीको यो भ्रमणबारे परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा कुनै पनि जानकारी गराएको छैन । यद्यपि उपमन्त्री गुओसहित चार जनाको टोलीले नेकपाका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।नेकपामा विभाजन आएपछि चिनियाँ कम्युनिस्ट पार्टीले चासो र चिन्ता व्यक्त गरेको छ । नेकपा विभाजनपछि यसअघि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति, प्रधानमन्त्रीका साथै नेकपाका शीर्ष नेताहरूलाई भेट गर्नुभएको थियो । भेटमा उहाँले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा जानकारी लिनुभएको थियो ।नेपालमा प्रतिनिधि सभा भङ्ग भएसँगै नेकपा विभाजित भएकोबारे चीनले चासोका साथ हेरिरहेको छ ।