एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको अवस्थामा रहेको प्रमुख प्रतिपक्ष दल, सरकारमै रहेर पनि बिभिन्न गुट उपगुट, षडयन्त्र खिचातान र फुटने जोडिने अनी पार्टी परिवर्तन गर्ने घिनलाग्दो प्रवृत्ति । यि र यस्तै प्रकारको घटनाक्रमले नेपाललाई बिश्वमानचित्रमा दिन प्रति दिन कमजोर, गरिब र शक्तिहिन राष्ट्रको रुपमा चित्रित गरेको छ । तर अफसोच यसको रत्तिभरपनि आत्मग्लानी नेपालका कुनैपनि दल र दलका नेताहरुलाई छैन । यसैको परिणाम स्वरुप यस नेपाल राज्यमा बस्ने जो कोही नेपाली नागरीकले अन्य राष्ट्रका नागरीकको तुलनामा आफुलाई निकै कमजोर महशुष गरिरहेको हुन्छ, दिन प्रतिदिन नेपालीहरु गरिब हुँदै गैरहेका छन । शिक्षा, रोजगार, स्वास्थ्योपचार लगायत बिभिन्न नैसर्गिक अधिकाररु जनताले पाउन सकेका छैनन अथवा दुर्गम ठाउँको त कुरै छोडौं सुगम ठाउँमा समेत यसको पहूंच कम हूंदै गएको छ ।
यी सम्पुर्ण अवस्थाहरु नेपालको हो । जतिनै वर्णन गरेपनि जतिनै आलोचना र टिका टिप्पणि गरेपनि नेपालको अवस्था यि र यस्तै खालका हुन् । यहि कमजोरीको एउटा ज्वलन्त उदाहरुण हो नेपालको बिभिन्न क्षेत्रका भुभागहरुमा भारतीय हस्तक्षेप । कहिल्यै फुर्सद भएन यि दलका नेता तथा सरकारका सारथीहरुलाई सिमाना तिर फर्केर हेर्ने । दिन प्रतिदिन चारै तर्फबाट नेपालको सिमाना मिचींदा पनि मौन छन् मस्त छन अनि ब्यस्त छन एक आपसमा लडन सत्ताको भागबण्डा गर्न र अखण्ड नेपाल राज्यलाई खण्डित गर्न । यस्तै अवस्था रहीरह्यो र दिन प्रतिदिन नेपालको भुभाग प्रत्येक नाका बाट लुछने र लुटने क्रम चलिरह्यो र हामी मौन बस्यौं भने यो बिशाल नेपाल राज्य केबल काठमाडौं उपत्यका भित्र मात्र सिमित हुने होकी भन्ने अवस्था नआउला भन्न सकिन्न । नेपालको सिमानामा बस्ने नेपालीहरुको कन्त बिजोग, कस्ले हेर्ने ? कस्ले देख्ने ? अनि कस्ले बुझ्ने ? सिमानामा बस्ने तमाम नेपाली दाजुभाई दिदी बहिनी अनी आमा बुबाको त्यो पिडादायी अवस्था देख्दा यस्तो लाग्छ त्यो त काश्मिरको कथा हो । अफसोच यही संकट बाट केही राहत दिलाउनको लागी सिमानामा रहे बसेका तमाम नेपालीहरुलाई आफ्नो भुमी प्रतिको हक अधिकारको प्रत्याभुति दिलाउनको लागी एउटा राष्ट्रब्यापी कदम चालिएकोछ यसमा सबै नेपालीहरुले साथ र सहयोग दिनुहुनेछ भन्ने आशाका साथ देश र बिदेश जुनसुकै ठाउँमा बस्ने नेपाली नागरीकहरुलाई हार्दिक अपिल गर्दछौं । र यस अभियान का अभियन्ता हुनुहुन्छ नेपाल नागरीक समाजका काठमाडौं उपत्यका संयोजक श्री मनिष मानवज्यू
“Call to Government of India” नामक अभियानमा सामेल भै नेपाल र नेपालीको सुरक्षार्थ एक कदम तपाई पनि चालिदिनुहुन्छ की ………………………….???

भारतीय प्रधान मन्त्रिको कार्यालय सम्पर्क नंं 00९१–११–२३०१२३१२, भारतिय प्रधानमन्त्रिका स्वकिय सचिवालयको नंं. 00९१–११–२३०१३०४०

यो लिङ्कमा पनि क्लिक गर्नुहोस

https://www.facebook.com/heju.nabin/posts/5957305444309625

नेपालको सिमानामा बस्ने नेपाली दाजुभाई तथा दिदी बहिनी हरुले भोगीरहेको समस्या अवगत गराउन सामाजिक अभियन्ता मनिष मानवको नेतृत्वमा कल भारत सरकार नामक अभियान शूरुभएको छ । तराई क्षेत्र बिशेष गरी सिमा नाकामा बस्ने नेपाली दाजूभाई दिदी बहिनी हरुले भोग्दै आएको सिमा समस्या र भारतका एस.एस.बि. तथा भारतिय नागरीक हरुको मनो मानी, ज्यादतीका बिरोधमा र लिपुलेकमा भएको भारतीय अतिक्रमणको बिरुद्ध भारत सरकारलाई यस्ता किसिमको गतिबिधी रोक्न र दवाब दिने उद्येष्यले यो अभियान सञ्चालन गरेको अभियानका प्रमुख अभियन्ता मनिष मानव बताउनु हून्छ । साथ साथै अभियन्ता मानवले कोरोनाको बिषम परिस्थितिलाई ख्याल गर्दै यस्ता किसिमका रचनात्मक बिरोधबाट पनि आफ्नो मागहरु पुरा गर्न सकिने बताउनु भयो । वहाँले थप्दै भन्नु भयो एक थुकि सुकि सय थुकि नदि भन्ने अवधारणालाई मध्यनजर गर्दै प्रत्येक नेपाली नागरीकले भारतीय प्रधान मन्त्रिको कार्यालय तथा भारतका अन्य सरकारी निकायहरुमा कल गरेर दवाव दिने हो भने भारत सरकार कसरी नझुक्ला ? दवाबका लागी एैक्य बद्धता जनाउन भारतीय प्रधान मन्त्रिको कार्यालय सम्पर्क नंं ९१–११–२३०१२३१२, भारतिय प्रधानमन्त्रिका स्वकिय सचिवालयको नंं. ९१–११–२३०१३०४०

https://www.facebook.com/…/pcb…/3010685932534856

पाल्पामा टिपर खस्दा एक जनाको ज्यान गयो…….

दुई टिपर सडकदेखि तल खस्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाईते भएका छन । तानसेन तम्घास सडक खण्ड अन्तर्गत रिब्दीकोट गाउँपालिका २ लघुवामा बुटवल देखि गुल्मीतर्फ जाँदै गरेको बा ४ ख ७३२० नम्बरको टिप्परले सोही दिशातर्फ जादै गरेको प्रदेश नं ३–००१–क–०२५० नम्बरको टिप्परलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गुल्मीको रुरु गाउँपालिका २ का ४५ वर्र्षीय टंक बहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाईते भएका उनलाई तानसेन स्थित युनाईटेड मिसन अस्पतलमा पुर्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै अन्य ४ जना घाईतेहरुको मिसन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । जस मध्य रुरु गाउँपालिका २ की ४२ वर्षीया रमा कुवंर र ललितपुर घर बताउने अन्दाजी २६ वर्र्षीय राजेन्द्र बजगाईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यस्तै गुल्मीको रुरु गाउँपालिका २ का ३८ वर्र्षीय अशोक कुँवर र नवरपरासीको सुनवल नगरपालिका ९ का २२ वर्र्षीय किसन कुवंर को अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्र्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर स्वIतीले जनाए ।

आशा जाग्यो निशा घिमिरेको जिवनमा

नियतिको खेल भनौ या बिधिको बिडम्बना सन २०१५ को चर्चित मोडेल तथा डान्सर निशा घिमिरे जसको अहिलेको नाजुक र दयनिय अवस्था देख्दा जो कोहिको मुटु काँप्छ । लग भग तिन वर्ष अघिमात्र चलचित्रकै बिषयमा अध्ययनको लागी भनेर छिमेकी मुलुक भारतको देहरादुन पुगेकी निशा घिमिरे सडक दुर्घटनामा परिन र हाल सम्म उपचाररत छिन । लगभग तिन वर्ष अगाडीदेखी उपचार गर्दै गर्दा धेरै रकम खर्च भसक्यो तर अवस्था झन झन नाजुक हुदै गयो स्थिती मा कुनै सुधार आएन शरीर झन गल्दै गयो । यसै क्रममा नवजिवन परोपकार समाज का संस्थाका अध्यक्ष श्री दुर्गानाथ दहाल ज्यूको पहलमा नर्भिक अस्पतालकी सञ्चालिका डा. मेघा चौधरी संग समन्वय गरी उपचारको लागी सम्पुर्ण व्यवस्था मिलाईएको छ ।


निशा घिमिरेको दुर्घटना पश्चात सम्पुर्ण परिवार तनाव र नाजुक स्थितिबाट गुज्रिरहेको थियो । परिवारको दुई छोरी मध्येकी कान्छी छोरी निशा घिमिरे जो प्रति सबै परिवारका सदस्यले आशा राखेका थिए तर अफसोच समय ले अर्कै मोड लियो र सम्पुर्ण परिवारको जिवनमा बज्रपात भयो । अहिले निशा घिमिरेको उपचारको लागी बिभिन्न संघ संस्था र ब्यक्तिहरु लागी परेका छन, जसले गर्दा उक्त पिडित परिवारमा पुनः आशाको किरण देखा परेको छ । आशा गरौं निशा घिमिरेले यस्तो दयनिय र पिडा दायी अवस्थाबाट चाँडै मुक्ति पाउन यहि कामना गरौं । साथै देश बिदेश तथा बिभिन्न ठाउँ मा रहनु भएका मनकारी ब्यक्ति तथा संघ संस्था हरुलाई पनि निशा घिमिरेको स्वास्थ्योपचारको लागी सक्दो सहयोग गरीदिनु हुन हार्दीक अपिल गर्दछौं ।

सहयोग का लागि सिधा सम्पर्क कलाकार निशा घिमिरेका पिता श्री प्रेम प्रसाद घिमिरे 9851238952

राहत बिरण सम्पन्न

नेपाल नागरिक अभियान र मेची महाकाली बुहारी आवाजको संयुक्त आयोजनामा यस्तो लक डाउन तथा कोरोना कहरको कठिन परिस्थितिमा पनि कुनै दुःखी गरबि र असहाय ब्यक्ति भोकै नपरुन भोकले नमरुन भन्ने उद्देष्यका साथ सबैलाई समान रुपमा राहत स्वरुप चामल दाल तथा अन्य खाद्य सामग्री बितरण गरियो ।

राहत बितरण गर्दै नेपाल नागरीक अभियान र मेची महाकाली बुहारी संयूक्त आवाज का अभियन्ता ।

छोटो समयमानै देशका बिभिन्न ५४ वटा जिल्लाहरुमा स्थापना भैसकेको यस मेची महाकाली बुहारी आवाज नामको गैर सरकारी संस्थाले कोरोना कहरको पहिलो लहर देखीनै गरीब तथा असहाय ब्यक्तिहरुलाई देशका बिभिन्न स्थान र समयमा राहत बितरण तथा खाना खुवाउने अभियान चलाउएदै आएको कुरा यस काठमाडौं संस्थाकी सचिव रेखा थापाले जानकारी दिनुभयो ।
त्यसै गरी कोरोना कहरको समयमा मात्र नभै अन्य परिस्थतिहरुमा पनि महिला तथा बालबालीको हक र हितको लागी हमेशा सहयोग र सेवा गर्न तत्पर रहने कुरा पनि यस काठमाडौं साखाकी सह संयोजक हरिमाया पौडेलले बताउनुभयो । आगामी दिनहरुमा पनि हामी निरन्तर रुपमा दुःखी गरिबको सेवा र सहयोग निरन्तर रुपमा गरीनै रहने छौं, साथै कुनैपनि सहयोगी मन तथा भावना भएका ब्यक्तिहरुले सिधै मेचीमहाकाली बुहारी संयूक्त आवाजको कार्यालयमा सम्पर्क गरी सहयोग गर्न सकिने कुरा पनि ब्यक्त गर्नुभयो ।

ओरालो लाग्यो चितवनमा कोरोना संक्रमितको दर…………..

By खुल्लासञ्चार डट कम २०७८, १५जेठ शनिबार १२ः१५

१५ जेठ सम्म आई पुग्दा चितवनमा कोरोनाको बिरामी हरु निकैै कम भएको र बिरामीको चाप पनि घटदै गएको छ । केही दिन अघि मात्र देशका बिभिन्न स्थान हरुबाट संक्रमितहरु चितवन आउने गरेकोले अस्पतालमा बिरामीको उपचार गर्न हम्मे हम्मे परेको थियो । कुनैपनि अस्पताल र अस्पतालका बेडहरु खाली थिएनन, जिल्लाका अस्पतालहरु कोरोना संक्रमितको हबनै बन्न पुगेको थियो । कोरोनाको संक्रमण दरमा कमी आएपछि अस्पताहरुमा बिरामी तथा अन्य ब्यक्तिहरुको भिडभाड निकै कम भएको छ ।Corona
प्रत्येक दिन हुने कोरोना परिक्षण मध्ये ७४ प्रतिशतलाई संक्रमण देखिने गरेकोमा अहिले १५ देखि २० प्रतिशतलाई मात्र संक्रमण देखिएको र यो दर अझ घटने क्रममा रहेको कुरा भरतपुर अस्पतालका अध्यक्ष तथा बरिष्ठ फिजिसियन डा भोजराज अधिकारीले बताउनुभयो जसको लागी अझै २ हप्ता कुर्नुपर्ने र अझै व्यापक सावधानी अपनाउनुपर्ने बताउनुभयो । यो एकदमै शुभ संकेत हो । अब दुई हप्ता धैर्य गरौं । कोरोना संक्रमण धेरै घट्छ । वहाँले प्रष्ट पार्नुभयो ।
दिनको ४५० जना जति दैनिक कोरोना परीक्षण गर्न आउने गरेकोमा अहिले दैनिक १५० जना मात्र आउँने गरको र परीक्षण गर्नेको संख्या घटेसँगै कोरोना संक्रमण दर पनि घट्दो क्रममा छ, साथै गम्भीर रहेका कतिपय बिरामीको मृत्यु भएका छन् भने सामान्य बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालहरुमा बिरामीको चाप घट्दो छ । कोरोनाको तेस्रो वेभ भविष्यमा आउन पनि सक्ने वा सामान्य रोग जस्तो भएर जाने दुवै सम्भावना रहेको कुरा पनि वहाँले बताउनु भयो ।
स्वास्थ्य कार्यालय चितवनले आज प्रेषित गरेको तथ्यांक अनुसार विगत २४ घण्टामा चितवन जिल्लामा एक जना पनि कोरोना संक्रमितको निधन भएको छैन । अन्य जिल्लाबाट आएका कोरोना संक्रमित भने तीन जनाको मृत्युभएको छ ।
अस्पतालमा उपचाररत बिरामीको संख्या ५०० बढी पुगेको थियो तर विगत २४ घण्टामा सो संख्या घटेर ३९२ मा झरेको छ । त्यसैगरी आईसीयू र भेन्टिलेटरमा पनि बिरामीको संख्या घटेको देखिन्छ । विभिन्न अस्पतालको आईसीयूमा १९०, भेन्टिलेटरमा ६१ जना, एचडीयूमा ४३ जना र सामान्य बेडमा १५४ जनाको उपचाररत भइरहेको छ । जुन एकहप्ता अगाडिको तथ्यांक भन्दा धेरै कम हो ।
स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार विगत २४ घण्टामा १०७ जना कोरोना संक्रमित चितवनमा थपिएका छन् । जसमध्ये भरतपुर महानगरपालिकामा ८२ जना, खैरहनीमा ३ जना, माडीमा ५, रत्ननगरमा ९ जना, राप्तीमा ५ जना र कालिकामा ३ जना रहेका छन् । योसँगै चितवनमा संक्रिय संक्रमितको संख्या चार हजार ९०३ जना पुगेको छ । चितवनका विभिन्न अस्पतालबाट विगत २४ घण्टामा ३५ जना बिरामी डिस्चार्ज भएका छन् जुन संख्या एक हप्ता अगाडि धेरै कम थियो ।

शंख,घण्ट र थाल ठटाएर सरकारको विरोध(भिडियोसहित)

काठमाडौं –नेपाल नागरिक समाजद्धारा सामुहिक रुपमा भेला भई कार्यक्रम गर्न असम्भव भएपछी घरमै बसेर देशका कुना कुनाबाट थाल ठटाएर तथा शंख र घण्टी बजाएर सरकारको विरोध गरेको छ ।


सस्थाका अध्यक्ष तथा पुर्व ए.आई.जी.डा.ठाकुर मोहन श्रेष्ठले देशमा कोरोनाले निमत्याएको विषम परिस्थितीमा पनि नागरिकहरुले स्वास्थ्य उपचार नपाएको, पि.सि.आर.परिक्षणको दायरा नबढाइएको, अक्सिजन जस्तो अति आवश्यक वस्तुमा कालोबजारी गरि सहज आपुर्ति गर्न नसकेकोकारण सो अव्यवस्थीत र निकम्मा सरकारको विरोधमा आक्रोस पोख्दै देशका विभिन्न ठाउँमा रहेका संगठनका व्याक्तीहरुले सान्तिपूर्ण आन्दोलन तथा विरोध प्रदर्शन गरेका बताए ।

साथै संस्थाका उपत्यका युवा संयोजक मनिष मानव सहित अन्य सदस्यहरुले पनि विरोध जनाएका थिए ।

https://www.youtube.com/watch?v=lCiPK9flV2A

कांग्रेस किन दोधारमा ?

संसद पुनस्र्थापनाको लागी सर्बोच्च अदालतको फैसलाले मार्ग तयार भएसंगै संसद पुनस्र्थापना हुने भएको छ । संसद बिघटन भएपछि संसद बिघटन असंबैधानिक कदम भएको भन्दै सत्ताधारी दलका नेताहरु असन्तुष्ट भई सत्ताधारी दलका नेताहरु केपी र प्रचण्ड माधब दुई समुहमा बिभाजित भएपछि दुबै पक्षका नेताहरुले सरकारमा मिलेर जान प्रतिपक्ष दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा लाई आग्रह गरेको छ ।


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले आफूलाई जुन समुहबाट सरकारमा गठबन्धन गरेर जाँदा आफ्नो पार्टी लाई बढी लाभ मिल्छ त्यही समुहसंग आफुले गठबन्धन गरेर सरकारमा जाने उनले बताएका छन् । त्यसैगरी देउबाले आफूनिकट नेतासंग पार्टीको भाबी सत्ता र समीकरणको बारेमा आफूले छलफल गरिरहेको पनि उनले बताएका छन् । यसैगरी नेपाली कांग्रेस अन्य दलको कुरा सुनेर सत्तामा गए नेपाली कांग्रेस लाई घाटा हुने कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पोेैडेलले बताए । जनताले दिएको बहुमूल्य मतको कदर गर्दै नेपाली कांग्रेसलाई पाँच बर्ष सम्म प्रतिपक्षमा बस्ने जनताले दिएको जनादेश नेपाली कांग्रेसले पालना गनुपर्ने र आफू अहिले सत्तामा जान नहुने तर्क पौडेलले ब्यक्त गरेका छन् ।
प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरु बिच सरकारमा जाने कि नजाने भन्ने बिषयमा बहस चलिरहेको अबस्थामा कुन समुहका नेताहरुलाई साथमा लिएर पार्टीलाई अघि बढाउने वा सरकारमा जाने भन्ने बिषयमा नेपाली कांगे्रस पार्टीका नेताहरु दोधारमा रहेका छन् । यस्तो अबस्थामा नेपाली कांग्रेस दोधारमा नपरी समयमै सरकारमा जाने कि प्रतिपक्षको हैसियतमा बस्ने भन्ने बिषयमा सही बिचार गरी पार्टीका कामलाई प्रभाबकारी रुपले अघि बढाउने कुरा तर्फ ध्यान दिनुनै अति आवश्यक देखिन्छ ।

“यूवाको उद्घोष” गरे के हुँदैन………?


नुवाकोट –१, त्रिशुलि, अशिक्षा बेरोजकारी र गरिबिको मारमा परेका तमाम नेपाली युवा बर्गलाई राम्रो सन्देश दिन चाहनुहुन्छ नुवकोट, त्रिशुलि बजारका यूवा व्यवसायि नरेन्द्र अमात्य, जसले छोटो समयमा र थोरै लगानी बाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने पाठ सिकाउँछ । लकडाउनको समयमा सम्पुर्ण ब्यक्तिहरु हतास र निरास हुँदा पनि त्रिशुलिका ३२ बर्षिय जोशिला यूवा व्यवसायि नरेन्द्र अमात्य त्यसै चुपलागी बस्न सकेनन अनि मनमा फुर्यो । यहि मौका पारेर केही नयाँ गरौं कि भन्ने यसैबिच च्याउ खेती गर्दा कसो होला भन्ने बिचारले आफ्नै घर जग्गामा परिक्षणको लागी भनि थोरै लगानी बाट शुरुवात गरेको च्याउ खेतीले छोटो समय अर्थात छ महिनाको अन्तरालमै सम्पुर्ण त्रिशुलि बजारभरी चर्चा बटुलेको देख्दा दङ्ग छन उनि । बैभव मल्टिएग्रो फार्म एण्ड नर्सरी नामको फम दर्तागरी आफ्नै जग्गामा बनेको त्रिशुलि गंगामाई चलचित्र मन्दिर जुन लामो समय सम्म पनि प्रयोगमा आउन सकेको थिएन त्यसैलाई उपयोगमा ल्याई थालनि गरे नरेन्द्र अमात्यले च्याउ खेती ।

कुनै पनि तालिमनै नलिई यूट्यूव अर्थात भनेको सुनेको भरमा शुरु गरेको च्याउ खेतिले अहिले त्रिशुलि बजार भरि ब्यापक चर्चा बटुल्न थालेको छ । यो च्याउ अन्य च्याउको तुलनामा पनि अत्यन्तै स्वादिलो रहेको कुरा त्यहाँका स्थानिय बासि बताउँछन, स्वयं नरेन्द्र अमात्यले नै कुनै पनि रासायनिक बस्तु प्रयोग नगरि शुद्ध अर्गानिक प्रबिधी बाट उत्पादन गरिएको कारण यस्को स्वाद अरु च्याउ भन्दा मिठो भएको बताउँछन ।
गरे के हुँदैन ? हामी युवा बर्गमा जोश जाँगर भएर पनि आफ्नो गाउँ ठाउँमा यस्ता काम गर्न लाज मान्ने र संकुचित भावनाका कारण समाजलाई अगाडी बढाउन नचाहने युवाबर्गको जमात धेरै भएको र २०–३० हजार कमाउनको लागी २–३ लाख खर्चेर बिदेश पलायन हुने संकिर्ण मानसिकता बोकेका तमाम युवा बर्गलाई गतिलो झापड दिनुभएको छ अमात्यज्यूले । गरे के हुँदैन ? बिदेशमा बगाउने रगत पसिना यदि नेपालमै बगायौं भने हामी, नेपालमै सुन फलाउन सक्छौं भन्ने सन्देश दिन चाहनुहुन्छ ।


पेशाले आफु एक शिक्षक भैकनपनि समाज सेवा र राष्ट्रको लागी केही गर्नुपर्छ भन्ने भावनाले ओत प्रोत नरेन्द्र अमात्य बिभिन्न सामाजिक कृयाकलापमा पनि उत्तिकै सकृय हुनुहुन्छ । त्रिशुलि सामाजिक युवा क्लबका अध्यक्ष समेत रहनु भएको अमात्यको भावि योजना भने कृषि क्षेत्रलाई निरन्तरता दिने र त्रिशुलि बजारमा बिभिन्न फल फुल का बोट बिरुवा र घर तथा गार्डेनको लागी सजावटका बिरुवाहरु उत्पादन तथा बिक्रि बितरण गर्ने लक्ष्य रहेको बताउनु भएको छ साथै नेपाल कृषि प्रधान देश भएकोले कृषि क्षेत्रलाईनै बिशेष महत्व दिने बताउनु भयो ।

लगभग २५ वर्ष अगाडी नरेद्र अमात्य का पिता महेन्द्र अमात्य द्वारा निर्माण गरिएको यस गंगामाई चलचित्र मन्दिरमा केही समय चलचित्र प्रदर्शन भए पनि बिभिन्न कारणले गर्दा हलमा फिल्म चलाउन मापदण्ड पुरानभएको कारण हल सञ्चालनमा आउन सकेको थिएन । आज २५ वर्ष पछाडी त्यही खण्डहर भएको हलमा च्याउखेती गरेर नुवाकोट जिल्लामा चर्चा बटुल्न पाउँदा कतै बाबुको सपना पुरा गर्न पाएको होकी भन्ने आभाश भएको बताउनु हुन्छ नरेन्द्र अमात्य ।


जे होस आजको समयमा कामलाई सानो ठुलो नभनि निरन्तर अगाडी बढन सकेको खण्डमा सफलता हासिल गर्न सम्भव छ भन्ने कुरामा दुई मत छैन । यहि प्रेरणा हामिले वहाँ बाट पाउन सक्छौं । वहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दै आउँदा दिनहरुमा पनि यस्तै उत्पादन मुलक कार्र्यमा सफता मिलोस भन्ने कामना गरौं ।


संसद पुनस्थापना र अबको राजनैतिक बाटो ।


पुष ५ गतेको दिन मन्त्रीमण्डलको निर्णयमा भएको संसद विघटनमा प्रधानमन्त्रीको संसद विघटनको प्रस्ताव राष्टपति दारा सिफारीस भएसगै ैैंसंसद विघटन भएको थियो । त्यसगैं विभिन्न दलका नेताहरुले संसद विघटन लाई सबैधानिक कू को सज्ञा दिएका थिए। विभिन्न दलका नेताहरु,कानुनविद,समाजशास्त्री हरुले संसद विघटन लाई सबैधानिक कू र सबिधान माथीे प्रहार गरेको भन्दै असन्तुष्ट भाब ब्यक्त गरेका थिए । संसद विघटन कानुन बिपरीत भएको भन्दै संसद विघटनको बिरोध गरेका थिए । संसद विघटन बिरुद्द सर्बोच्च अदालतमा रिट दायर भएको थियो।


संसद विघटन बिरुदको यस मुर्दामा सर्बोच्च अदालतमा अधिवक्ताहरुले यस विषयको पक्ष र बिपक्षमा बहस गरेका थिए ।सर्बोच्च अदालतमा यस बिषयमा बहस चलेक।े करिब दुई महिना पछि अदालतले संसद विद्दटन संबिधानको मर्म बिपरीत भएकाले संसद को बैठक बोलाई १३ दिनभित्र संसदको बैठक बोलाई प्रतिनिधीसभा पुनस्थापना गर्ने बिषयमा फैसला गरेको छ । संसद बिघटन सबैधानिक कू भनेर बिरोध गरिरहेका नेताहरु संसद पुनस्थापना भएपछि अदालतको फैसला स्वागतयोग्य भएको भन्दै विभिन्न राजनैतिक दलका नेताहरुले अदालत माथी अब आफनो विशास रहेको धारणा प्रकट गरेका छन् ।
समाजबादी पार्टीको अध्यक्ष बाबुराम भट्टराइ संसद पुनस्थापना भएकोमा सबैलाई शुभकामना दिनुभयो। पचण्ड र माधब पक्षका नेताहरुले संसद पुनस्थापना को पक्षमा सबोच्च अदालतले गरेको फैसला स्वागतयोग्य भएको भन्दै एक कार्यकममा जनताको जित भएको प्रचण्डले बताएका छन्् । अदालतको निर्णय अनुसार १३ दिनभित्र संसदको बैठक डाक्दै प्रधानमन्त्रीको राजीनामा प्रचण्ड माधब समुहले माग गरिरहेको छ ।

त्यसैगरी माधब प्रचण्ड समुहले काग्रेस सगं सरकार बनाउने पक्षमा लागेका छन्। अब प्रधानमन्त्री केपी ओली राजीनामा दिन तर्फ लाग्छन् की संकटकाल तर्फ लाग्छन्।नेकपा प्रचण्ड माधब समुहले प्रधानमन्त्रीको राजीनामा पछि काग्रेस सगं मिलेर सरकार बनाउछं भन्ने बिषयमा राजनैतिक कुरामा आधारित बिषय लाई राजनैतिक कम्रमा घटेका घटनाले नेपालको राजनैतिक भबिष्यको बाटो निर्धारण गर्नेछ ।

प्रतिपक्ष को मौनता ।


प्रकाश कपाली काठमाण्डौ पौष ५ गतेको दिन संसद विघटन भएसगंै देशमा राजनैतिक संकट देखा परेकोछ । विभिन्न राजनैतिक दलका नेताहरुले ससंद विघटनको बिरोध गरेको छ । त्यही पनि नेपाली काङ्गग्रेस भने यस विषयमा मौन छ । पार्टी भित्रको आन्तरिक द्धन्द्धको कारण पार्टी विभाजन भए पछि माधव प्रचण्ड समुहका नेताहरु भने विरोध पदर्शनमा उत्रिएका छन ्। त्यसैगरी अन्य दलका नेताहरु पनि यस विष्।यमा सर्वोच्च अदालतमा संसद विघटन विरुद्ध यस विष्।यमा रिट दायर भएकाले सर्वोच्च अदालतको फैसला नआउनजेल सम्म पार्टीले आन्दोलन नगर्ने र अदालतले जस्तो निर्णय गर्छ सोही निर्णय लाई आत्मसात् गर्दै अघि बढने नेपाली काङ्गग्रेस पार्टी का सभापति शेरबहादुर देउवाले बताउनु भयो ।

त्यसैगरी अन्य राजनैतिक दलका नेताहरु यस विषयमा मौन छन । देशको यस्तो विषम प्ररिस्थितिमा पनि मौन किन रहन्छ भन्ने कुरा आज चर्चा परिचर्चा को विषय बन्न पुगेको छ । अदालतको आदेश र्पर्खेर बसेका राजनैतिक दलका नेताहरु भन्ने निर्वाचनको पखार्इृमा छन् । कतिपय नेताहरु संसद पुन स्थापना हुन्छ भन्ने विषयमा ब्यक्तिगत धारणा राखेका छन् ।

नेपाल कम्युनिष्ट पाटीको प्रचण्ड माधव समुहका नेताहरुले ससंद विघटन प्रधानमन्त्रीले राष्टपतिको सिफारीसमा पौंष ५ गते ससंद विघटन लाई संवैधानिक कुको सज्ञा दिदै प्रतिगमन को विरुद्धमा निरन्तर आन्दोलन जारी गरिरहने नेकपा प्रचण्ड माधव समुहले बताएका छन् । राजनैतिक अस्थिरता विगतमा जस्तै अहिले पनि चुलिएको छ । तर यसको विरुदमा प्रतिप्रक्ष दलका नेताहरु मौन रहनु आम नागरिकका लागी दुखको कुरा हो ।